यूएफा च्याम्पियन्स लीगमा आर्सनलको हार अनि बार्सिलोनाको ड्र

IMG-20240222-WA0103.jpg

लिस्बन: यूएफा च्याम्पियन्स लीग फूटबल प्रतियोगिताको राउण्ड अव् सिक्स्टीन चरणअन्तर्गत पहिलो लेगको म्याचमा आर्सनलले हारको सामना गर्नु पऱ्यो। यसरी बार्सिलोना पनि ड्र-मा रोकियो। बुधवार राति खेलिएको म्याचमा एफसी पोर्तोले आर्सनललाई १-०-ले पराजित गऱ्यो। पोर्तुगीच क्लबको होम ग्राउण्डमा ६५ प्रतिशत पोजेशनको साथ खेले पनि आर्सनलले गोल गर्न सकेन। यसको विपरीत विंगर गालेनोले अन्तिम क्षणमा (इञ्ज्युरी टाइमको चौथो मिनट) दिलाएको गोलले पोर्तोलाई जीत दिलायो। यस अवे म्याचमा केवल एक गोल खाएको हुनाले प्रीमियर लीग क्लबसँग आफ्नो होम ग्राउण्डमा खेलिने दोस्रो लेगको म्याचमा ठूलो अन्तरले जीत हासिल गरी क्वार्टर फाइनलमा पुग्ने मौका चाहिँ हुनेछ। यसरी नापोली र बार्सिलोनाबीच खेलिएको अन्य एउटा रोमाञ्चक म्याच १-१-ले ड्र रह्यो। यस अवे म्याचमा ५१ प्रतिशत पोजेशनको साथ खेल्ने बार्सिलोनाले पूरा म्याचमा होम टीमलाई दबाउमा राख्यो। यसै क्रममा स्टार फरवर्ड रोबर्ट लेवाण्डोस्कीले स्पेनिश क्लबलाई ६०औं मिनटमा बढ़त दिलाए। त्यसपछि फर्ममा रहने भिक्टोर ओसिमहेनले ७५औं मिनटमा गोल गरी नापोलीलाई १-१-को बराबरीमा पुऱ्याए।

यसरी होम म्याचमा जसोतसो हार्नदेखि बाँच्ने नापोलीमाथि सामान्य दबाउ चाहिँ अवश्यै रहनेछ कारण रिटर्न लेगको म्याच बार्सिलोनाको होम ग्राउण्डमा खेलिनेछ। यसअघि मंगलवार राति इण्टर मिलानले एट्लेटिको म्याड्रिडलाई १-०-ले पराजित गऱ्यो। यसरी पीएसभी आइण्डहोवेन र बोरुसिया डर्टमण्डबीच खेलिएको म्याच १-१-ले ड्र रह्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement