३१ जुलाईः टोक्यो ओलम्पिकमा रजत पदक विजेता भारतीय भारोत्तोलक (वेट लिफ्टर) मीराबाई चानूले शनिवार राति बर्मिंघममा जारी राष्ट्रमण्डल खएलहरू २०२२-मा महिलाहरूकी ४९ किग्रा वर्गको फाइनलमा जम्मा २०१ किग्रा (८८ र ११३ किग्रा) ओजन उठाएर स्वर्ण पदक जितिन्। उनले स्न्याच राउण्डमा आफ्नो दोस्रो प्रयासमा ८८ किग्रा भार उठाएर राष्ट्रमण्डल खेलहरूमा नयाँ रेकर्ड पनि बनाइन्। यसरी नै बिन्द्यारानी देवीले आज महिलाहरूकी ५५ किग्रा वर्गमा रजत पदक जितिन्।

मणिपुरकी २२ वर्षीय बिन्द्यारानीले क्लीन एण्ड जर्कमा ११६ किग्राको असाधारण प्रदर्शनसहित जम्मा २०२ किग्रा ओजन उठाइन्। यस वर्गमा स्वर्ण नाइजेरियाकी आदिजात एडेनिक डलरिण्डे (जम्मा २०३ किग्रा)-ले जितिन्। काँस्य पदक ईंग्ल्याण्डकी फ्रायर मोरो (१९८ किग्रा)-की नाममा रह्यो।

यसअघि शनिवार पिताको निम्ति पान बेच्ने संकेत सरगरले राष्ट्रमण्डल खेलहरूमा भारतलाई पहिलो पदक दिलाए। उनले पुरुषहरूका ५५ किग्रा वेट लिफ्टिंगमा रजत पदक जिते। उनी चोटले गर्दा स्वर्ण पदक जित्नदेखि वञ्चित भए। यसबाहेक गुरुराज पुजारीले पुरुषहरूका ६१ किग्रा वर्गमा काँस्य पदक जिते।