लालचन्द राजपूत बने यूएई क्रिकेट टीमका मुख्य प्रशिक्षक

IMG-20240221-WA0223.jpg

नयाँ दिल्ली: पूर्व भारतीय क्रिकेटर लालचन्द राजपूतलाई ३ सालको अनुबन्धमा संयुक्त अरब अमीरात (यूएई) को पुरुष क्रिकेट टीमका मुख्य प्रशिक्षक नियुक्त गरियो। राजपूतले १९८५ देखि १९८७-सम्म भारतको निम्ति दुईवटा टेस्ट र चारवटा वनडे इण्टरनेशनल म्याच खेलेका थिए। उनले यूएई टीममा अन्तरिम मुख्य प्रशिक्षक मुदस्सर नजरको स्थान लिनेछन्। राजपूत (६२ वर्षीय) २००७ मा भएको पहिलो टी२० विश्व कपमा खिताब जित्ने एमएस धोनीको कप्तानीमा रहने भारतीय टीमका म्यानेजर रहेका थिए अनि २००८-मा इण्डियन प्रीमियर लीग (आईपीएल) -को पहिलो सीजनमा उनी मुम्बई इण्डियन्सका मुख्य प्रशिक्षक थिए। उनले २०१६ देखि २०१७ सम्म अफगानिस्तानको टीमलाई पनि प्रशिक्षण दिएका थिए। उनकै कार्यकालमा अफगानिस्तानले टेस्ट खेल्ने टीमको दर्जा हासिल गरेको थियो। उनले २०१८ देखि २०२२ सम्म जिम्बाब्वेको पुरुष टीमका प्रशिक्षकको रूपमा पनि काम गरेका थिए। राजपूतले भने, यस रोमाञ्चक भूमिकाको निम्ति नियुक्त गरेकोमा म अमीरात क्रिकेट बोर्डलाई धन्यवाद दिन चाहन्छु। यूएई टीमका वर्तमान खेलाड़ीहरू असाधारण र प्रतिभाशाली छन्। उनीहरूसँग काम गर्न अनि उनीहरूका क्रिकेट कौशललाई अघि बढ़ाउन उत्सुक छु। यूएई-को मुख्य प्रशिक्षकको रूपमा उनको पहिलो कार्यभार आईसीसी क्रिकेट वर्ल्ड कप लीग २ वनडे त्रिकोणीय सीरीज हुनेछ, जुन २८ फरवरीदेखि शुरु हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement