दुबई: आसाधारण फर्ममा रहने भारतका युवा ओपनिंग ब्याटर यशस्वी जयसवालले राजकोटमा ईंग्ल्याण्ड विरुद्ध तेस्रो टेस्ट म्याचमा अविजित २१४ रन बनाएर आईसीसी पुरुष टेस्ट ब्याटरहरूका ऱ्याङकिंगमा अघि बढ़्न जारी राखे। देब्रे हातका यस २२ वर्षीय ब्याटरले लगातार दुईवटा दोहोरो शतकको साथ टेस्ट ब्याटरहरूका सूचीमा १४ स्थानको सुधारसहित १५औं स्थानमा पुगेका छन्। तेस्रो टेस्टमा प्लेयर अव् द म्याच रहने जडेजाले पहिलो ईनिंग्समा ११२ रन बनाउनको साथै ७ विकेट पनि लिएका थिए। यसको साथ उनी ब्याटरहरूका सूचीमा सात स्थानको सुधार गरी ३४औं स्थानमा पुगेका छन्। यसरी बलरहरूका सूचीमा पनि उनी तीन स्थान अघि बढ़ेर छैटौं स्थानमा पुगेका छन्। यसबाहेक जडेजाले टेस्ट अलराउण्डरहरूका सूचीमा पनि आफ्नो शीर्ष स्थानलाई मजबूत बनाएका छन्। उनी आफ्नो करियरको सर्वश्रेष्ठ ४६९ रेटिंग अंकमा पुगेका छन्। पहिलो ईनिंग्समा शतक बनाउने भारतका कप्तान रोहित शर्मा एक स्थानको सुधार गरी १२औं स्थानमा पुगेका छन् जबकि दोस्रो ईनिंग्समा ९१ रन बनाउने शुभमन गिल पनि तीन स्थान अघि बढेर ३५औं स्थानमा पुगेका छन्। यसबाहेक हालै पदार्पण गर्ने सरफराज खान र ध्रुव जुरेलले क्रमशः ७५औं र १००औं स्थानको साथ ऱ्याङकिंगमा प्रवेश गरेका छन्। टेस्ट बलरहरूका सूचीमा भारतका जसप्रीत बुमराह शीर्षमा कायम छन्। तेस्रो टेस्टको पहिलो ईनिंग्समा १५३ रन बनाउने ईंङ्ग्ल्याण्डका बेन डकेट १२ स्थान अघि बढेर १३औं स्थानमा पुगेका छन्। यसरी मार्क वुडले बलरहरूका सूचीमा २१औं स्थान हासिल गरेका छन्। टेस्ट ब्याटरहरूका सूचीमा न्यूजील्याण्डका केन विलियम्स शीर्षमा कायम छन्।