गोरुबथानमा इण्डिपेण्डेन्स कप नक्आउट फूटबल ५ अगस्तदेखि

३१ जुलाईः डायमण्ड क्लब, गोरुबथानको तत्त्वावधानमा नगद राशि इण्डिपेण्डेन्स कप नक्आउट फूटबल टुर्नामेण्टको आयोजन गरिनेछ। आउँदो ५ अगस्तदेखि शुरु हुने यस टुर्नामेण्टमा जम्मा ८ वटा टीमले हिस्सा लिनेछ। उद्घाटन म्याचमा गोरुबथान युनाइटेड क्लब र डीएफयू (डामडिम)-बीच भिड़न्त हुनेछ। दुईवटा सेमिफाइनल १० र १२ अगस्तमा हुनेछ। यसरी नै फाइनल १६ अगस्तमा खेलिनेछ। आयोजक डायमण्ड क्लबको पक्षमा प्रतीथ परियारले बताएअनुसार, टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्राप्त हुनेछ। सबै म्याचहरू मालबस्ती खेल मैदानमा हुनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *