गान्तोक: अध्यक्ष एलपी काफ्लेको अगुवाइमा सिटिजन एक्शन पार्टी, सिक्किमको एउटा शीर्ष प्रतिनिधि टोलीले आज राज्यपाल लक्ष्मण प्रसाद आचार्यलाई राजभवनमा भेटेर विभिन्न विषयमा ज्ञापन बुझाएको छ। ज्ञापन पत्रमा विशेष गरेर सिक्किम ऊर्जा पनबिजुली परियोजनाको सरकारसित रहेको शेयरलाई राज्य सरकारले एउटा निजी कम्पनीलाई बेचेको अनि त्यस सम्बन्धमा पार्टीले पछिल्ला केही समयदेखि विरोध प्रदर्शनी गर्दै आएको कुरा उल्लेख गरिएको छ। उल्लेखनीय, क्यापले सिक्किम ऊर्जा लिमिटेडको शेरय फिर्ता लिनुपर्ने मागलाई लिएर गत १५ फरवरीको दिन राजधानीमा विरोध ऱ्याली निकालेको थियो भने त्यसै दिनदेखि सिच्छेस्थित जिल्ला प्रशासन कार्यालय मास्तरको धरनास्थलमा धरना गर्दै आइरहेको छ।
राज्यपालले प्रतिनिधि टोलीका सदस्यहरूको कुरालाई ध्यानसित सुनेर यसलाई भारत सरकारको संज्ञानमा पुऱ्याउने आश्वासन दिएको सिटिजन एक्शन पार्टीले विज्ञप्ति जारी गरेर बताएको छ।