अगरतला: त्रिपुरा राज्य फेब्रुअरी २६ मा शुरु हुने पहिलो ‘त्रिपुरा अन्तर्राष्ट्रिय कठपुतली महोत्सव’ आयोजना गर्न तयार छ। यो अनौठो महोत्सवमा विभिन्न देशका साथै भारतीय राज्यका पपेट थिएटर समूहको सहभागिता रहनेछ। त्रिपुरा पपेट थिएटर ग्रुपका निर्देशक प्रभिताङ्गासु दासले तीन दिने (फेब्रुअरी २६-२८) महोत्सवमा अमेरिका, ब्राजिल, स्पेन र बंगलादेशका कठपुतली थिएटर समूहका साथै नयाँ दिल्ली, राजस्थान, पश्चिम बंगालका ६ वटा समूह सहभागी हुने बताए। कार्यक्रममा आयोजक त्रिपुरा सहभागी हुनेछन्। यो अन्तर्राष्ट्रिय महोत्सव त्रिपुरा पपेट थिएटरको ५०औँ वार्षिकोत्सवको उपलक्ष्यमा आयोजना गरिएको हो।
समापन दिन २८ फरवरीमा‘रङ्गमञ्च र कठपुतली सिकाइ र चेतनाका दुई प्रभावकारी औजार हुन्’ भन्ने विषयमा गोष्ठी समेत आयोजना गरिने दासले सोमबार सञ्चारकर्मीलाई जानकारी दिए। समसामयिक कठपुतलीमा योगदान पुर्याएको भन्दै सन् २०१६ मा संगीत नाटक अकादमी अवार्ड बाहेक कैयौं अन्ना अवार्डबाट सम्मानित भएका दासले त्रिपुरा पपेट थिएटर ग्रुपले विभिन्न विषयमा कठपुतली कार्यक्रम मात्र नभई कलाकारहरुलाई नि:शुल्क तालिम पनि दिने गरेको बताए।