रेडियोको लोकप्रिय व्यक्तित्व अमिन सयानीको निधनमा प्रधानमन्त्रीद्वारा शोक प्रकट

Ameen-Sayani

नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदीले रेडियोका लोकप्रिय  व्यक्तित्व अमिन सयानीको निधनमा गहिरो शोक प्रकट गरेका छन्। प्रधानमन्त्री मोदीले भने, ‘अमिन सयानीजीले भारतको प्रसारण क्षेत्रमा क्रान्ति ल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्, र आफ्नो कामबाट आफ्ना श्रोताहरूसँग विशेष सम्बन्ध स्थापित गरेक छन्l’ एक ‘एक्स’ पोस्टमा प्रधानमन्त्रीले भने, ‘रेडियोमा श्री अमीन सयानीजीको मखमली आवाजमा एक आकर्षण र न्यानोपन थियो, जसले उहाँलाई मानिसहरूको आफ्नो बनायो। आफ्नो कामको माध्यमबाट उनले भारतीय प्रसारणमा क्रान्ति ल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गररे, र आफ्ना श्रोताहरूसँग धेरै न्यानो सम्बन्ध स्थापित गरे। उहाँको निधनले दु:खी भएको छु। उहाँको परिवार,प्रशंसकहरू र सबै रेडियोप्रेमीहरूमा समवेदना। उहाँको आत्माले शान्ति पाओस्l’ –पीआईआबी

 

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement