काठमाडौं: खोटाङमा आइतबार बिहान गएको भूकम्पबाट हालसम्म मानवीय क्षतिको विवरण प्राप्त भएको छैन।हालसम्म मानवीय क्षतिको विवरण प्राप्त नभएको त्यहाँ जिल्ला आधिकारिक स्रोतले बताएको छl साकेला गाउँपालिका–५ को मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार बिहान ८ बजेर १३ मिनेटमा ६ म्याग्निच्युडको भूकम्प गएको छ। उक्त भूकम्पले केही घरमा क्षति पुगेका तस्वीर प्राप्त भएको छ। क्षतिसम्बन्धी जानकारी लिने क्रम भइरहेको आधिकारिक स्रोतले बताएको छ। भूकम्पको केन्द्रविन्दु स्थलमा सुरक्षाकर्मी पुगिसकेका छन्।
