एक राष्ट्र, एक चुनावसम्बन्धि उच्चस्तरीय समितिको समीक्षा बैठक सम्पन्न

image0019IMU

नयाँ दिल्ली: भारतका पूर्वराष्ट्रपति रामनाथ कोविन्दको अध्यक्षतामा सरकारले देशमा एक साथ चुनाव गराउने विषयमा छानबिन गरी सुझाव दिन गठित उच्चस्तरीय समिति (एचएलसी)को आज नयाँ दिल्लीमा बैठक सम्पन्न भयो। समितिको कार्यालयमा बैठक सम्पन्न भयो। बैठकमा केन्द्रीय गृह तथा सहकारिता मन्त्री अमित शाह, राज्यसभामा विपक्षक पूर्वनेता गुलाम नबी आजाद,१५औं अर्थ आयोगका पूर्व अध्यक्ष एनके सिंह, लोकसभाका पूर्व महासचिव डा. सुभाष सी कश्यप र पूर्व मुख्य सतर्कता आयुक्त सञ्जय कोठारी सहभागी थिए। बैठकमा एचएलसीले आफ्ना विभिन्न गतिविधिहरूको समीक्षा गर्‍यो। -पीआईबी

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement