नयाँ दिल्ली: किसान आन्दोलन, जसमा विभिन्न राज्यका किसानहरूले बुधबार ‘दिल्ली चलो’ मार्च पुनः शुरु गरेका थिए, साँझसम्ममा नयाँ मोडमा पुग्यो। किसान नेता स्वरण सिंह पन्धेरले दिल्ली मार्च दुई दिनका लागि स्थगित गरिएको बताए। अब उनले शुक्रबार साँझ अर्को कारबाही सार्वजनिक गर्नेभएका छन्। दिनभरको आन्दोलनको क्रममा कुनै किसिमको गडबडी हुन नदिन राजधानीमा पनि कडा सुरक्षा व्यवस्था गरिएको थियो। बुधबार पुनः आन्दोलन शुरु भएसँगै शम्भु र खनौरी नाकामा पनि तनाव उत्पन्न भएको थियो। पंजाब–हरियाणा सिमानामा १२ सय ट्रयाक्टर, ३ सय कार, १० मिनी बस र साना सवारीसाधनसहित १४ हजार किसान भेला भएको सरकारको अनुमान छ। राज्यमा कानून-व्यवस्थाको स्थितिमा यो सम्भावित त्रुटिलाई अनुमति दिएकोमा केन्द्रले पंजाब सरकारको पनि निन्दा गरेको छ। संचारमाध्यमको समाचारअनुसार, हरियाणा पुलिसले पनि प्रदर्शनकारीहरूलाई शान्तिका लागि अपील गरेको छ।