सिक्किम: एसकेएम पार्टीको सांगठनिक सभा मार्तम रूम्तेकमा सम्पन्न

IMG-20240221-WA0217.jpg

पीएस गोले जस्तो मुख्यमन्त्री राज्यका जनताले कहिले पाउने छैनन्: मन्त्री खतिवडा

गान्तोक: गत ८ जनवरी देखि धारावाहिक रूपमा सम्पन्न भइरहेको सिक्किम क्रन्तिकारी मोर्चा पार्टीको समष्टिस्तरीय सांगठनिक जनसभा आज मार्तम रुम्तेकमा मन्त्री विष्णु कुमार खतिवडाको मुख्य आतिथ्यमा सम्पन्न भयो। आजको सभामा संगठनका अध्यक्ष प्रभारी पवित्र मानव, संगठनका संयोजक एवं प्रवक्ता जेकब खालिङ, युवा मोर्चा अध्यक्ष लाक्पा मोक्तान, क्षेत्र विधायक सोनाम भेञ्जोङपा लगायत अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खतिवडाले समाज अनि पार्टीमा इमान्दार मानिसहरूको अवश्यै मूल्यांकन हुने बताए। सिक्किम देवी देउरालीले बास गरेको ठाउँ भएको हुँदा यहाँको जनतालाई दिन खोज्ने नेताहरुको अस्तित्वनै सकिएर जाने उनले किटान गरे। अहिले सिक्किमे जनताले सिक्किमको चौतर्फी विकास गर्नको निम्ति आफ्नो सर्वस्व दिन सँधैं तयार रहने मुख्यमन्त्री पाएको हुँदा अब फेरि जनताले टेबल ल्याम्पको चिन्हमा भोट लाएर सरकार गठन गर्न तत्पर रहने आग्रह गरे। दिन रात एक गरेर जनताको निम्ति काम गर्ने मुख्यमन्त्री अहिलेसम्म सिक्किमले कहिले नपाएको अनि भविष्यमा पनि कहिले नआउने ठोकुवा गरे। सिक्किमे जनताको निम्ति मुख्यमन्त्री तामाङले सिक्किमे जनताप्रति दिएको सेवाहरूको निम्ति जनताले इमान्दार बनेर भोट लगाउने आग्रह गरे। अब सिक्किम क्रन्तिकारी मोर्चा पार्टीले फेरि सरकार बनाएर सिक्किम निर्माणमा आफ्नो जिम्मेवारी पूरा गर्ने आवहान गरे।

यसरी नै कार्यक्रमलाई सम्बोधन गर्दै संगठनका उपाध्यक्ष पवित्र मानवले सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले गरिरहेको विभिन्न योजनाहरू बारे आज उपस्थित जनतालाई अवगत गराए। पूर्व मुख्यमन्त्रीले सिक्किमे तीन लाख युवाहरुको ६ लाख हातले सिक्किमे जनतालाई नै मार्छु भनेर धम्की दिएको तर वर्तमान मुख्यमन्त्री प्रेमसिंह तामाङले तीन लाख रुपियाँ एक दम्पतीलाई सन्तान प्राप्तिको निम्ति खर्च गरिरहेको बताए यो बाट मुख्यमन्त्री प्रेमसिंह तामाङको सिक्किमे जनताप्रतिको नियत सफा रहेको पुष्टि हुने बताए। यसरी नै उनले कार्यकर्ता अनि जनतालाई आगामी विधानसभालाई लिएर के कसरी अघि बढ्नुपर्ने मार्गनिर्देश दिए।

कार्यक्रमलाई सम्बोधन गर्दै क्षेत्र विधायकले सिक्किममा भइरहेको विभिन्न अभूतपूर्व योजनाहरूबारे अवगत गराए। मुख्यमन्त्री तामाङले राजनीतिक इच्छाशक्ति राखेर सिक्किमे जनताको उन्नतिको निम्ति जे जति कार्यकारी गरेका छन् त्यसको प्रशंसा अहिले राष्ट्रस्तरमा नै भइरहेको बताए। यो क्षेत्रलाई पनि विकास गर्न मुख्यमन्त्री तामाङले कुनै कसर बाँकी नराखेको हुँदा आगामी चुनावमा यहाँबाट सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको जीत निश्चित रहेको बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement