सिक्किम: नाथुलामा भारी हिमपात:  त्रिशक्ति कोर्प्स भारतीय सेनाद्वारा पाँच सय पर्यटकहरू उद्धार   

IMG-20240221-WA0191

गान्तोक: पूर्व सिक्किमको भारत-चीन सीमा क्षेत्र नाथुलामा भारी हिमपात भएको छl यस हिमपातमा फसेका करिब पाँच सय जना पर्यटकहरूलाई त्रिशक्ति कोर्प्स भारतीय सेनाको टोलीले उद्धार गरेका छन्। हिमपातका कारण पाँच सय पर्यटकहरू साथै १७५ सवारीसाधनहरू फसेका थिए। त्रिशक्ति कोर्प्सका सैनिकहरू  शून्यभन्दा तल तापक्रममा अलपत्र परेका पर्यटकहरूलाई उद्धार गर्न अनि राहत प्रदान गर्न तत्काल सक्रिय बने। पर्यटकहरूलाई सुरक्षामा सहयोग पुर्याउन समयमै मेडिकेयर, तातो चियाखाजा-खाना र सुरक्षित यातायातको व्यवस्था गरिएको थियो। त्रिशक्ति कोर्प्स भारतीय सेना सिक्किममा देशको सिमाना रक्षा गर्दै नागरिक प्रशासन र सर्वसाधारणलाई सहयोग गर्न सधैं सक्रिय रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement