सिक्किम: नाम्ची जिल्लाका ब्याङ्कर्सहरूलाई लिएर परामर्श समितिको बैठक सम्पन्न

IMG-20240221-WA0218.jpg

गान्तोक: नाम्ची जिल्लाका ब्याङ्कर्सहरूलाई लिएर आज जिल्लास्तरीय परामर्श समितिको एक बैठक नाम्ची जिल्लाको जिल्ला प्रशासनिक केन्द्रमा सम्पन्न भयो। यस अवसरमा नाम्ची जिल्लाका अतिरिक्त जिल्लापाल सुवास घिमिरे, महकुमा अधिकारी गोपाल कुमार छेत्री लगायत विभिन्न ब्याङ्कका प्रबन्धकहरूको पनि उपस्थिति रहेको थियो।

बैठकमा अतिरिक्त जिल्लापालले ब्याङ्कर्सहरूलाई पारदर्शिता ल्याउन र ग्राहकहरु माझ अन्योल कम गर्न पर्याप्त जानकारी प्रदान गर्ने सुझाउ दिए। उनले किसान क्रेडिट कार्ड अन्तर्गत ऋण, प्रधानमन्त्री मुद्रा योजना, स्व-सहायता समूह ऋण, आवास र व्यक्तिगत ऋण, सरकारद्वारा उपलब्ध गराइने विभिन्न सहुलियत ऋण सम्बन्धी केन्द्र र राज्य योजनाहरूमा जागरूकता प्रदान गर्न पनि आग्रह गरे। यसका साथै उनले ब्याङ्कको हालसम्मका उपलब्धि र समग्र कार्य प्रणालीबारेमा पनि बुझ्ने कोशिष गरे। ब्याङ्कर्सहरूले सामना गर्नु परिरहेको विसंगतिलाई सम्बोधन गर्दै, उनले जिल्लामा व्याङ्कहरूलाई दिगो बनाउन सक्ने केही सुझावहरू राखे।

यसरी नै उनले देशमा तीव्र गतिमा बढ्दै गएका ठगीका घटनाका बारेमा ब्याङ्कर्सहरुलाई संवेदनशीलता सृजना गर्न र जनतालाई शिक्षित गर्न पनि आग्रह गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement