सिक्किम: एसडीएफ काटेको डोढ़ हो पलाउनेवाला छैनः जेकब खालिङ

IMG-20240221-WA0184.jpg

गान्तोक: सत्तारुढ़ सिक्किम क्रान्तिकारी मोर्चा पार्टीका प्रवक्ता तथा मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङले विपक्षी सिक्किम डेमोक्रेटिक फ्रण्ट पार्टीलाई मकैको ढोडको संज्ञा दिएका छन्।

आज पूर्व सिक्किमको मार्तम रुम्तेक समष्टिअन्तर्गत लोवर लिङ्गदमको रिमथाङमा पार्टीको एउटा जनसभालाई सम्बोधन गर्दै उनले यस्तो बक्तव्य दिएका हुन्।

“अहिले राज्यमा विपक्षी पार्टीहरूको कुनै अस्तित्व नै छैन। एउटा पार्टी त मकैको ढोड नै भएको छ। जसलाई जतिनै मलजल गरेपनि त्यो फेरि हरियो हुनेछैन। पच्चीस वर्ष कालपोके फलेको मकैको बोट हो त्यो”, उनले भने।

खालिङकाअनुसार एसडीएफरुपी मकैको बोटमा अन्नपात फलेन तर कालिपोके मात्र फल्यो। यसरी कालपोके मात्र फलेको मकैको बोटलाई सिक्किमे जनताले काटेर फालेकोछ भन्दै प्राकृतिक रुपमा साथै जनसमर्थनको रुपमा पनि त्यो बोट अब नबौरिने उनले बताए।

अर्को विपक्षी पार्टी भने कुरा गर्नसमेत योग्यको नरहेको जेकब खालिङले आफ्नो सम्बोधनमा भने। उनको इशारा नवगठित सिटिजन एक्शन पार्टी, सिक्किम तिर थियो। “हुने बिरुवाको पो कुरा गर्नु, नहुने बिरुवाको त के कुरा गर्नु”, उनले भने।

तर, अर्कोतिर खालिङले एसडीएफ नेता भाइचुङ भोटयाको प्रसङ्ग भने विशेषरुपले निकाले। एसकेएम सरकारले करिब ५,००० गैरकानुनी मतदाता सिक्किम भित्रएको छ भन्ने भोटियाको आरोपलाई उनले पुनः खण्डन र विरोध जनाए। भोटियासित यसको प्रमणा छ भने अघि राख्नुपर्ने नत्र जनतालाई दिग्भ्रमित गर्ने झुटा कुरा नगर्ने उनले चेताउनी दिएका छन्। यसको साथै उनले एसडीएफ सरकारकालमा राज्यमा मतदाताहरूको सङ्ख्या शङ्कास्पद रुपमा अत्याधिक बड़ेको पनि थप बताए। तर, एसकेएम सरकारको यस पाँच वर्षे सरकारकालमा अस्वभाविक रुपमा मतदाताहरूको सङ्ख्या नबड़ेको दावी पनि खालिङको रहेको छ।

एसकेएम पार्टीले गत ८ जनवरीदेखि आरम्भ गरेको धारावाहिक सष्टिस्तरीय साङ्गठनिक एवं आम जनसभाअन्तर्गत आज मार्तम रुम्तेक यो समष्टिस्तरीय कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा मन्त्री विष्णुकुमार शर्मा मुख्य अतिथि रहेका थिए। यसरी नै क्षेत्रका भाजपा विधायक सोनाम भेञ्चोङ्गपाको पनि विशेष उपस्थिति रहेको थियो।

जनसभालाई सम्बोधन गर्ने क्रममा विधायक भेञ्चोङ्गपालगायत अन्य स्थानीय नेताहरूले मुख्यमन्त्री प्रेमसिंह तामाङले राज्यका अन्य समष्टिमा जस्त एकपल्ट मार्तम रुम्तेको समष्टिको पनि भ्रमण गरिदिनुपर्ने माग राखेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement