मिरिक: आगमी १, २ अनि ३ मार्चकाे दिन मिरिकमा हुने पश्चिम बंगाल हिमालयन कार्निभललाई केन्द्र गरेर गाेर्खाल्याण्ड क्षेत्रीय प्रशासन पर्यटन विभागले आगमी २४ फरवरीकाे दिन मिरिक पर्यटन केन्द्रमा व्यापक सफाई अभियान गर्ने भएकाे छ। उक्त विषयलाई केन्द्र गरेर बुधबार मिरिक दिवा केन्द्रमा मिरिक स्मल फुटकार्ड एशाेसिएशनका सदस्यहरूसित जीटीए पर्यटन विभागका संयाेजक दावा शेर्पाले एउटा सभा गरे। सभापछि बाेल्दै संयाेजक दावा शेर्पाले मिरिक पर्यटन केन्द्रलाई सुन्दर र व्यवस्थित बनाउन जीटीए पर्यटन विभागले धेरै याेजना तयार पारेकाे अनि मिशन मिरिक नाम दिएर हामी थुप्रै कार्यहरू गर्नेछाैं भनी बताए।उनले मिशन मिरिक अभियान अन्तर्गत नै मिरिकमा सफाई अभियान गरिनेछ भन्दै उक्त कार्यमा सबैलाई सहभागी भइदिने अनुराेध गरेका छन्। यता मिरिक फुट कार्ड एशाेसिएशनका अध्यक्ष एंव मिरिक डे सेन्टरका प्रबन्धक एटी राईले पनि सबैलाई सफाई अभियानमा सहभागी भइदिने अनुराेध गरेका छन्। उनले हाम्राे मिरिकलाई सुन्दर मिरिक बनाउने अभियानमा सबैकाे साथ र सहयाेगकाे आवश्यकता रहेकाे बताउँदै सबैकाे सहभागिताले नै सफाई अभियान सफल बन्नेछ भनी बताएका छन्।