खरसाङ: यसपालीको लोकसभा चुनावमा दार्जीलिङ संसदीय क्षेत्रबाट डा महेन्द्र पी लामालाई उठाउनु पर्ने मांग गर्दै माटोको आवाज समूहले सबैलाई अपील गरेका छन्। डा. महेन्द्र पी लामा हाम्रो माटोको मान्छे हुन् र उनी सांसदको लागि एकदमै योग्य व्यक्ति रहेको साथै ययपालीको लोकसभा चुनावमा चुनाव जित्ने राष्ट्रीय दलले टिकट दिएर जिताउनु पर्ने कारण उनी सांसदको लागि सही उम्मेद्वार रहेको भनी आज खरसाङमा माटोको आवाज समूहले पत्रकार सम्मेलन बोलाएर अपील गरेका छन्। माटोको आवाज समूहले डा. महेन्द्र पी लामालाई लोकसभाको सांसद बनाउन उम्मेद्वार बनाउन अपील गर्दै दार्जीलिङ, गोरूबथान, मिरिकमा प्रेस भेला बोलाएर जानकारी गराएपछि आज खरसाङमा आएर पत्रकार सम्मेलन गरी फेरि डा. महेन्द्र री लामाको लागि वकालत गरेका छन्। माटोको आवाज समूहको पक्षमा संयोजक भवानी प्रधान, सुकराज थामी, बीरेन लामा, उर्मिला मोक्तान, सचिन लामा आदि भेला भएर डा. महेन्द्र पी लामालाई लोकसभा चुनावको उम्मेद्वार बनाउने विषयमा अपील गरेका छन्। उक्त पत्रकार सम्मेलनमा माटोको आवाज समूहको संयोजक भवानी प्रधानले भने, हामीले बाहिरबाट मगाएर धेरै सांसदहरू जिताएर पठायौं तर हाम्रो छुट्टै राज्यको मांग पूरा भएन अनि अब हाम्रो माटोकै मान्छे त्यो पनि सबैभन्दा योग्यको व्यक्ति डा. महेन्द्र पी लामालाई लोकसभा चुनावमा कुनै कन्फर्म जित्न सक्ने राष्ट्रीय पार्टीले टिकट दिएर जिताएर पठाएको खण्डमा हाम्रो छुट्टै राज्यको मांगलाई सही रूपमा अघि लानेछ। डा. महेन्द्र पी लामाको विभिन्न योगदानहरूलाई हेर्दा उनी योग्यको व्यक्ति हुन् अनि हाम्रो मुद्दा फत्ते हुने सम्भावना बेसी रहन्छ।’

भवानी प्रधानले डा लामाको विभिन्न योगदानहरू साथै जातिको लागि गरेको विभिन्न कामहरू र उपलब्धिहरू विषयमा बोल्दै उनलाई सांसद बनाएर पठाउनु पर्ने अपील सबैलाई गरेका छन्। उनले डा. महेन्द्र पी लामाको कार्य, जातिप्रति विभिन्न योगदानहरू साथै देश र समाजको लागि गरिरहेको विभिन्न कार्यहरू विषयमा जानकारी गराउँदै उनी हाम्रो सांसदको रूपमा संसद भवन पुगेको खण्डमा जातिको समस्या समाधान हुनसक्छ भनी बताएका छन्।