गाजामा तत्काल युद्ध विरामको प्रस्तावमा अमेरिका  चलायो भिटो

isrel-copy-1

गाजामा तत्काल युद्धविरामको माग गर्दै संयुक्त राष्ट्र संघमा पेश गरेको प्रस्तावलाई अमेरिकाले भिटो लगाएको छ। अमेरिकाले ‘अस्थायी युद्धविराम’को लागि अपील गर्ने आफ्नै प्रस्ताव ल्याएपछि यो भिटो गरेको हो। अमेरिकाका सहयोगी राष्ट्रहरूले पनि यस कदमको निन्दा गरेका छन् र अमेरिकाले युद्धविराम प्रस्तावलाई अवरुद्ध गरेकोमा दुःख व्यक्त गरेका छन्। आफ्नो प्रस्तावमा अमेरिकाले इजरायललाई रफाहमा प्रवेश नगर्न चेतावनी दिएको छ। इजरायलले रफाहमा प्रवेश गर्ने कुरा गरेको छ र हमासलाई सबै इजरायली बन्धकहरूलाई रिहा गर्न १० मार्चसम्मको समय दिएको छ।

यसअघि पनि संयुक्त राष्ट्रसंघमा मतदानका क्रममा अमेरिकाले ‘युद्धविराम’ शब्दलाई वेवास्ता गर्दै आएको छ। १५ सदस्यीय सुरक्षा परिषदमा १३ देशले अल्जेरियाको प्रस्तावलाई समर्थन गरेका थिए भने इंग्ल्याण्डले मतदान प्रक्रियामा भाग लिएन। अमेरिकाले यो प्रस्तावलाई भिटो गर्‍यो र संयुक्त राष्ट्रका लागि अमेरिकी राजदूत लिन्डा थोमस-ग्रीनफिल्डले भनिन् ‘हमास र इजरायलबीच वार्ता अझै चलिरहेको छ। त्यसैले तत्काल युद्धविरामको लागि आह्वान गर्ने यो उपयुक्त समय होइन।’ अमेरिकाले ल्याएको प्रस्तावमा ‘जतिसक्दो चाँडो’ अस्थायी युद्धविराम लागू गर्ने र इजरायली बन्धकहरूलाई रिहा गर्ने शर्त राखिएको छ। गाजामा सहायता पुग्नबाट रोक्ने सबै प्रतिबन्ध हटाउनुपर्छ पनि भनिएको छ। तर, सुरक्षा परिषदले अमेरिकाको प्रस्तावमा मतदान गर्छ कि गर्दैन भन्ने स्पष्ट भइसकेको छैन, खासगरी अमेरिकाले रोजेका शब्दहरूपछि यो शंका कायमै छ। अमेरिकाले अल्जेरियाको युद्धविराम प्रस्तावलाई भिटो गरेपछि, संयुक्त राष्ट्रका लागि उत्तर अफ्रिकी देशका राजदूतले भने, ‘यसले प्यालेस्टिनीहरूलाई कडा सन्देश पठाउनेछ, र दुर्भाग्यवश सुरक्षा परिषद फेरि असफल भएको छl’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement