बंगाल: भारत-बंगलादेश सीमा क्षेत्रबाट एक बंगलादेशी पक्राउ

3552554-untitled-22-copy.webp

जलपाईगुड़ी: भारत-बंगलादेश सीमामा तैनाथ उत्तर बंगाल फ्रण्टियरको सिलगढ़ी सेक्टर अन्तर्गत सीमा सुरक्षा बल (बीएसएफ)- को १५औं बटालियनको बोर्डर आउट पोस्ट महादेवका सतर्क सीमा जवानहरूले एकजना बंगलादेशी नागरिकलाई अनुप्रवेशको आरोपमा पक्राउ गरेका छन्। पक्रा परेका बंगलादेशी नागरिकको नाम हो बायजिदुल इस्लाम (२३) र उनी बंगलादेशको जिल्ला मैमनसिंहको निवासी हो। बीएसएफले बुधवार एक प्रेस विज्ञप्ति जारी गरी यस आशयको जानकारी गरायो।

बीएसएफ अनुसार बंगलादेशी नागरिकलाई भारतदेखि बंगलादेश तर्फ अनुप्रवेश गर्ने प्रयास गरिरहेको अवस्थामा सीमा जवानहरूले समाते। जाँच गर्दा बंगलादेशी नागरिकको कब्जाबाट भारतीय १५० रुपियाँ, एउटा मोबाइल फोन र बंगलादेशी ५१० टका जफत गरियो। बीएसएफले बंगलादेशी नागरिकलाई जफत गरिएको सामानहरूसितै अग्रिम कारबाहीको निम्ति कोतवाली थानालाई सुम्पिदिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement