खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाद्वारा मिशन जागरण अन्तर्गत खरसाङ खण्ड विकास कार्यलयमा आज पनि विरोध प्रदर्शन गरिएको छ।भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा केन्द्रीय अध्यक्ष अनित थापाद्वारा पहाड़काे जनतालाई जागरुक बनाउन मिशन जागरण, अन्र्तगत आज दोस्रो दिन पनि धारावाहिक रूपमा भारतीय जनता पार्टीले पहाडको जनतासँग कोल्टे राजनीति गर्दै गोर्खा जातिको एघारवटा जात-गोष्ठीहरूलाई केन्द्र सरकारले जनजातिको मान्यता नदिएको विराेधमा खरसाङ खण्ड विकास कार्यालयमा विरोध प्रदर्शन गरिएको छ। उक्त विरोध प्रदर्शनमा भागाेप्रमो नारी शक्तिका अध्यक्षा तथा खरसाङ खण्ड पञ्चायत समितिका सभाधिपति अनु प्रधान, उप सभापति नारायण थापा, खरसाङ महकुमा समितिका अध्यक्ष सुभास प्रधान अनि खरसाङ टाउन कमिटीका अध्यक्ष राजु शर्मा अनि कार्यवाहक सचिव बीरबल पाखरीनकोे नेत्तृत्वमा खरसाङ खण्ड विकास कार्यालय मा विराेध प्रदर्शन गरिएको छ। उक्त विरोध प्रदर्शनमा महकुमा समिति का सभापति सुभाष प्रधानले धरणा प्रदर्शनमा उपस्थित भएका सम्पूर्णलाई विरोध प्रदर्शन विषय साथै भावी कार्यक्रमकाे विषयमा जानकारी दिन्दै सम्बोधन गरेका थिए। यसमा खरसाङ पञ्चायत समितिका उप सभापति नारायण थापा अनि खरसाङ टाउन कमिटीका सभापति राजु शर्माले वक्तव्य राख्दै उपस्थित भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका सम्पूर्ण नेतृत्वलाई संगठनकाे निम्ति कार्य गरिदिने आह्वान् गरे।

अन्त्यमा उपस्थित नेतृत्वगण खण्ड विकास अधिकारी कौशिक चक्रवर्तीसंग भेट गरेर विरोध प्रदर्शन विषयको जानकारी दिँदै उच्च अधिकारीसम्म खबर पुर्याई दिने आग्रह गरेका छन्। उक्त विरोध प्रदर्शन विषयमा पत्रकारहरूसित कुराकानी गर्दै भागोप्रमो खरसाङ टाउन कमिटीको सभापति राजु शर्माले विस्तृत रूपमा बताएका छन्।