बंगाल: भारत-बंगलादेश सीमाबाट भारतीय दलाल पक्राउ

500x300_3552789-untitled-36-copy.webp

जलपाईगुड़ी:  भारत-बंगलादेश सीमामा तैनाथ उत्तर बंगाल फ्रण्टियर, सिलगढ़ी सेक्टर अन्तर्गत ९३औं बटालियन सीमा सुरक्षा बल (बीएसएफ)- को बोर्डर आउट पोस्ट चाणक्यको विशेष अप्स टीमले एक भारतीय नागरिकलाई पक्राउ गरेकाे छ। पक्रा परेकाे भारतीय नागरिकको नाम रमजान अली (३२) हाे। रमजान कोतवाली थानाको गोबीरबंदरमा निवासी हुन्। बुधवार बीएसएफद्वारा जारी एक प्रेस विज्ञप्तिमा सो जानकारी गराइएको छ।

बीएसएफ सूत्र अनुसार केही दिनपूर्व बीएसएफले जाकिर नामक एकजना दलालाई पक्राउ गरेको थियो। उसित जाँचबुध गर्दा भारतीय दलाल रमजान अलीको नाम अघि आएको थियो जो मानव तस्करीमा सामेल छ। खोजी गर्दा उसको कब्जाबाट भारतीय ५,१३५ रुपियाँ, नेपाली २० रुपियाँ र एउटा मोबाइल फोन जफत गरियो। यी भारतीय दलाललाई जफत गरिएको सामग्रीसितै कोतवाली थानामा सुम्पिइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement