पहिलो टी२०-मा अष्ट्रेलियाको रोमाञ्चक जीत

IMG-20240221-WA0174.jpg

वेलिंगटन: अष्ट्रेलियाले चरम रोमाञ्चक पहिलो टी२० इण्टरनेशनल क्रिकेट म्याचमा आयोजक न्यूजील्याण्डलाई ६ विकेटले पराजित गऱ्यो। यसको साथै अष्ट्रेलियाले तीनवटा टी२०आई म्याचको सीरीजमा १-०-को बढ़त हासिल गऱ्यो। स्काई स्टेडियममा बुधवार खेलिएको म्याचमा टस जितेर पहिला ब्याटिंग गर्दै न्यूजील्याण्डले रचिन रविन्द्र (६८) र डेवोन कन्वे (६३)-को अर्द्धशतकको सहायताले २० ओभरमा ३ विकेट गुमाएर २१५ रन बनायो। जवाफमा अष्ट्रेलियाले कप्तान मिचेल मार्शको अविजित ७२ रनको सहायताले अन्तिम ओभरको अन्तिम ओभरमा रोमाञ्चक जीत हासिल गऱ्यो। अष्ट्रेलियालाई अन्तिम १८ बलमा ४३ रनको आवश्यकता थियो अनि टिम डेविडले कप्तानलाई असल साथ दिँदै १० बलमा अविजित ३१ रन बनाएर आफ्नो टीमलाई जीत दिलाए। यसरी अष्ट्रेलियाले २० ओभरमा ४ विकेट गुमाएर २१६ रनको लक्ष्यलाई हासिल गऱ्यो। कप्तान मार्शले ४४ बल खेलेर ७ वटा छक्का र २ वटा चौका लगाए। यसरी डेविडले ३ वटा छक्का र २ वटा चौका लगाए। यी दुईबाहेक डेविड वार्नरले ३२, ग्लेन म्याक्सवेलले २५, ट्रेविस हेडले २४ र जोश ईंग्लिशले २० रन बनाए। न्यूजील्याण्डका बलरहरूमा मिचेल सेण्टनरले सर्वाधिक २ विकेट लिए। यसअघि पहिला ब्याटिंग गर्दै न्यूजील्याण्डलाई कन्वेले असल शुरुवात दिलाए। उनले पहिला साथी ओपनर फिन एलन (१७ बलमा ३२ रन)-सँग मिलेर ३२ बलमा ६१ रनको पा र्टनरशीप गरे। एलन आउट भएपछि उनले रविन्द्रबाट असल साथ पाए अनि यी दुईले मिलेर दोस्रो विकेटको निम्ति ११३ रनको पार्टनरशीप गरी कीवि टीमलाई असल स्कोरसम्म पुऱ्याए। कन्वेले ४६ बल खेलेर ५ वटा चौका र २ वटा छक्का लगाए। यसरी अलराउण्डर रविन्द्रले ३५ बल खेलेर ६ वटा छक्का र २ वटा चौका लगाए। ग्लेन फिलिप्स १९ र मार्क चापम्यान १८ रनमा अविजित रहे। अष्ट्रेलियाई कप्तान मार्शलाई प्लेयर अव् द म्याच चयन गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement