यसकारण यस गाउँमा बिहे हुँदैन…

wedding

संसारमा यस्ता धेरै ठाउँ छन्, जो आफ्नो अनौठो गुणका कारण चर्चित हुन्छन्। सबै गाउँबस्ती, शहरको आ-आफ्नै विशेषताका कारण चर्चामा आउँछl भारतमा एउटा यस्तो गाउँ छ, जहाँ जुम्ल्याहा नानी मात्रै जन्मिन्छन्। त्यस्तै बिहारको एउटा गाउँ पनि प्रसिद्ध छ। तर यसको पछाडिको कारण रोचक छ। वास्तवमा यो गाउँलाई अविवाहित हरूको गाउँ भनिन्छ। यो गाउँका पुरुषलाई बिहे गर्न मन लाग्दैन भन्ने होइन। उनीहरूको बिहे नगर्नुको खास कारण छ। बिहारको राजधानी पटनाबाट करिब तीन सय किलोमिटर टाढा रहेको बरवान कलान गाउँलाई अविवाहितहरूको गाउँ पनि भनिन्छ। यस गाउँमा विगत पचास वर्षमा कुनै पनि विवाह भएको छैन। सन् २०१७ मा शहनाई एक पटक यहाँ बजेको थि । तर पछि यो प्रवृत्ति फेरि रोकियो।

आखिर के यस्तो कारण छ? यस ठाउँमा बस्ने पुरुषहरूलाई कसैले जादू गरेको पनि होइन। यस गाउँका मानिसहरूले विवाह नगर्नुको कारण प्रशासनिक लापरवाही बताइन्छ। यस गाउँ आधारभूत आवश्यकताबाट पनि अछुतो छ। यो गाउँमा बिजुली छैन। खानेपानीको आपूर्ति छैन। यो गाउँमा सडक पनि छैन। जसका कारण कुनै पनि परिवारले छोरीलाई गाउँ पठाउँदैनन्। यो गाउँमा मोबाइल पनि बेकार हुन्छ किनकि यहाँ नेटवर्क  हुँदैन। यस गाउँका बासिन्दाले पटकपटक सरकारी अधिकारीसँग सहयोग मागेका थिए। तर, उनीहरुको समस्यासँग कुनै सरोकार नै छैन जस्तो लाग्छ। केही वर्षअघि गाउँले आफैंले पहाड काटेर कच्चा सडक बनाएका थिए, जसको सहयोगमा अहिले गाउँमा सवारीसाधन पुग्न थालेका छन्। यहाँका युवाहरू गाउँमा बस्न चाहँदैनन्। धेरैले विवाहको लागि यज्ञ-हवन समेत गराउँछन्। तर सबै असफल भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement