बिजनबारीको झेपी ग्रामको गुर्दुम निवासी विशाल छेत्रीले पूरा गरे गणितमा पीएचडी

Bishal-Chettri


बिजनबारी: पुलबजार खण्ड अधीनस्थ झेपी ग्रामको गुर्दुम निवासी बिशाल छेत्रीले गणित विषयमा पीएचडी पूरा गरेका छन्। उनले बंगलोरको श्री सत्य साई  ईन्स्टिट्युट अफ् हायर लर्निङ, पुट्टापर्ट्टी – बंगलोरबाट गणित विषयमा पीएचडी पूरा गरेर आफ्नो परिवार, गाउँ समाज र नेपाली समाजलाई नै गौरान्वित बनाएका छन्। उनको यो उपलब्धिसँगै गणितमा पीएचडी गर्ने क्षेत्रकै पहिलो व्यक्ति बनेका छन्। २७ जनवारी १९९६ को दिन झेपी ग्रामको गुर्दुम बस्तीमा साधरण परिवारमा पिता स्वर्गीय पूर्ण छेत्री तथा माता फुलमाया छेत्रीको कोखबाट कान्छो सन्तानको रूपमा जन्मिएका छेत्रीको प्राथमिक शिक्षा त्यसताक सन्त मेरी तथा हाल एनडीए स्कूल कैजलेबाट शुरु भएको थियो भने त्यसै विद्यालयबाट वर्ष २०१२ सालमा उत्कृष्ट परिणामको साथमा दशौं श्रेणीको बोर्ड परीक्षा उत्तीर्ण गरेका थिए। त्यसपछि उनी विज्ञान विषयको पढाई गर्न गाउँदेखि दार्जीलिङ शहर गएर यहाँको सन्त रोर्बट उच्चतर माध्यमिक विद्यालयबाट वर्ष २०१४ मा प्रथम दर्जामा उच्च माध्यमिक परीक्षा पास गरेका थिए। उनले बंगलोरको श्री सत्य साई  ईन्स्टिट्युट अफ् हायर लर्निङ, पुट्टापर्ट्टी बंगलोरबाट २०१७ मा सम्मानसहित गणित विषयमा स्नातक बीएससी एवं सन् २०१९ मा एमएसी उत्तीर्ण गरेपछि यहीबाट पीएचडीके पढाई शुरु गरेर लगभग तीन वर्षपछि छेत्रीले  ‘within host, between host and multiscale mathematical modeling studies on covid-19’  बारेमा पीएचडी पूरा गरेका छन्।  उनले गणित जस्तो कठिन विषयमा पढाई गर्दै क्षेत्रकै प्रथम व्यक्ति जसले गणितमा पीएचडी पुरा गरेर रेकर्ड बनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement