खरसाङमा अन्तर्राष्ट्रीय मातृ भाषा दिवस कार्यक्रम सम्पन्न

IMG-20240221-WA0163.jpg

खरसाङ: खरसाङमा गोर्खा जनपुस्तकालय र सूचना अनि सांस्कृतिक विभाग खरसाङको संयुक्त आयोजनामा अन्तर्राष्ट्रीय मातृ भाषा दिवस सम्पन्न भएको छ। उक्त कार्यक्रमको अध्यक्षता गोर्खा जनपुस्तकालयको अध्यक्ष एंव वरिष्ठ साहित्यकार पूर्ण गुरुङ ‘निरूपम’ ले गरेका थिए भने प्रमुख अतिथिको रूपमा वरिष्ठ साहित्यकार जयप्रकाश लामा उपस्थित रहेका थिए। त्यसरी नै विशिष्ट अतिथिको रूपमा आशा मुखिया लामा, लिली छेत्री ओझा, बलराम राई, पारसचन्द्र आले, पेमेन्द्र गुरुङ, सूचना अनि सांस्कृतिक विभाग खरसाङ महकुमा अधिकारी अनिर्बन दाम आदि उपस्थित रहेका थिए। गोमा सुब्बाद्वारा सञ्चालित कार्यक्रममा स्वागत सम्भाषण सूचना अनि सांस्कृतिक विभागको महकुमा अधिकारी अनिर्बन दामले राखेका थिए।

माता सरस्वतीको तस्वीरमा खदार्पण र धूप द्वीप प्रज्वलन गरेर थालिएको कार्यक्रममा गोर्खा जनपुस्तकालयको सचिव विनोद रसाईलीले अन्तर्राष्ट्रीय मातृ भाषा दिवस कार्यक्रमको उद्देश्य र औचित्य विषयमा वक्तव्य राखेका थिए। कार्यक्रममा खरसाङ क्षेत्रका कविहरू क्रमैले आशा मुखिया लामा, रचना अनाकर, द्वारिका छेत्री, मिलन प्रधान, सञ्जीव छेत्री, उदय दुबी करवीर, सुदर्शन प्रधान अम्बटे, दिपक ठटाल ‘जलन’, सञ्जीव श्रीमल आदिले कविता र व्यग्य पनि पठन गरेका थिए। कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ साहित्यकार जयप्रकाश लामाले आफ्नो सम्बोधनमा अन्तर्राष्ट्रीय मातृ भाषा दिवस विषयमा बताउँदै अष्ट्रेलियामा पनि नेपाली भाषाको प्रयोग गरिने गरेको जानकारी गराए।

उनले विभिन्न स्थानहरूको नामकरण अंग्रेजकै पालामा गरिएको तथ्यपरक जानकारी पनि राखेका थिए। कार्यमक्रमा कार्यक्रम अध्यक्ष पूर्ण गुरूङ निरुपमले पनि वक्तव्य राखेका थिए। कार्यक्रमपछि पत्रकारहरूसित कुराकानी गर्दै गोर्खा जनपुस्तकालयको सचिव विनोद रसाईलीले विस्तृत रूपमा बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement