सोरेंगमा इण्डिपेण्डेन्स डे फूटबल टुर्नामेण्ट शुरुः माझीटार एससी विजयी

३० जुलाईः सिंगलिंग स्पोर्टिंग क्लब, सोरेंग र सोरेंग जिल्ला प्रशासनको तत्त्वावधानमा पहिलो इण्डिपेण्डेन्स डे फूटबल टुर्नामेण्ट शनिवारदेखि शुरु भयो। यस नाइन ए साइड टुर्नामेण्टअन्तर्गत आज स्थानीय सोरेंग खेल मैदानमा भएको उद्घाटन म्याचमा माझीटार एससी (सिक्किम)-ले ११ जीआरआरसी लखनऊलाई ५-१-ले पिट्यो। टुर्नामेण्टमा विजेता हुने टीमलाई ट्रफीको साथमा ५ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै उपविजेता हुने टीमलाई ट्रफीको साथमा ३ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसको साथमा टुर्नामेण्टका सर्वश्रेष्ठ खेलाड़ीलाई हीरो एक्स पल्स २०० बाईक पुरस्कारमा प्रदान गरिनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *