अनुष्का र विराट बने दोस्रो पटक आमाबाबु

Anushka-Birat

मुम्बई: भारतीय क्रिकेटर विराट कोहली र बलिउड अभिनेत्री अनष्का शर्मा दोस्रो सन्तानको आमाबाबु बनेका छन्। अनुष्काले मंगलबार बेलुका आफूले छोरालाई जन्म दिएको सामाजिक संजालमार्फत जानकारी दिएकी छन्। विराट र अनुष्काले जुनियर कोहलीको नाम ‘अकाय’ राखेका छन्। ‘अकाय’को अर्थ के हो भन्ने चासो आम मानिसहरूमा छ। ‘अकाय’को धेरै अर्थ छ। टर्की भाषामा यसको अर्थ ‘चम्किएको चन्द्रमा’ हुन्छ। संस्कृत भाषामा यसलाई ‘अमर’ पनि भनिन्छ। यसका अलावा ‘अकाय’लाई ‘निराकार’ पनि भनिन्छ। खास गरी भगवान शिवलाई निराकार मानिन्छ। अनुष्का र विराट आमाबाबु बनेपछि आलिया भट्ट, धनश्री वर्मा, भूमि पेडनेकर, रणवीर सिंह, मेधा शंकर, राजपाल यादव, वाणी कपूर र दर्शन कुमारलगायतले बधाई दिएका छन्। अनुष्का गर्भवती भएपछि विराट केही समययता क्रिकेटबाट टाढिएका थिए। उनले भारत र इंग्ल्याण्डबीच भइरहेको पाँच टेस्ट म्याचमा पनि हिस्सा लिएका थिएनन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement