आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस

Vernacular-Day

हामी सबैको जीवनमा भाषाको ठूलो महत्त्व छ, किनभने भाषाको माध्यमबाट हामी आफ्ना भावनाहरू व्यक्त गर्नसक्छौं अनि एकअर्कासँग कुराकानी गर्नसक्छौं। विश्वभरका सबै देशहरूको देशको आ-आफ्नै भाषा छ अनि त्यसभित्र पनि विभिन्न समुदायको आ-आफ्नै भाषाहरू हुन्छन्। मान्छेले जन्म लिएछि पहिलो उसको मुखबाट निस्किएको अर्थात उसले पहिले बोल्ने सिक्ने भाषालाई मातृभाषा भनिन्छ। हाम्रो देशमा विभिन्न राज्यमा धेरै भाषाहरू छन्, जसलाई त्यहाँ मातृभाषा भनिन्छ। आज २१ फरवरी अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइँदैछ। जसको उद्देश्य विश्वभर मातृभाषाहरूको संरक्षण र प्रवर्द्धनको महत्त्वबारे जनचेतना जगाउनु रहेको छ।

हरेक २१ फरवरीको दिन अन्तर्राष्ट्रिय मातृभाषा दिवस विश्वभर मनाइन्छ। यो २१ फरवरी २००० मा शुरु भएको हो। यो संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संग(युनेस्को)को महासभाद्वारा सन् १९९९ मा पारित भएको हो। यस वर्षको अन्तर्राष्ट्रिय मातृभाषा दिवसको नारा ‘बहुभाषी शिक्षा अन्तरपुस्ता शिक्षाको आधार’ रहेको छ। ढाका जसलाई पूर्वी पाकिस्तानको राजधानी भनिन्थ्यो, जुन अहिले बंगलादेशको राजधानी हो। त्यहाँका विद्यार्थीहरू र कार्यकर्ताहरूले सन् १९५२ मा उर्दूलाई एकमात्र आधिकारिक भाषाको रूपमा लागू गरेको विरोधमा विरोध प्रदर्शन गरे। त्यसबेला शान्तिपूर्ण आन्दोलनमा पुलिसले गोली चलाएको थियो, जसमा धेरै जनाको मृत्यु भएको थियो। बंगाला भाषा आन्दोलनको महत्वलाई मान्यता दिँदै युनेस्कोले सन् १९९९ मा २१ फरवरीलाई अन्तर्राष्ट्रिय मातृभाषा दिवसका रूपमा घोषणा गरेको थियो। त्यसबेलादेखि यो दिवस मातृभाषालाई संस्कृतिको संरक्षण र सम्प्रेषणको रूपमा प्रोत्साहित गर्न मनाइन्छ। यो अन्तर्राष्ट्रिय मातृभाषा दिवस एकुसे फरवरीको नामले पनि प्रचलित छl

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *