सिलगढी: राज्य सरकारको संस्कृति विभाग र सिलगढी नगर निगमको संयुक्त आयोजनामा सिलगढीको बाघजातिन पार्कमा शहीद बेदीलाई पुष्पहार अर्पण गरी अन्तर्राष्ट्रिय मातृभाषा दिवस भव्य रुपमा पालन गरियो। मातृभाषा दिवस आज बिहान बंगाली गीतहरुबाट शुरु भएको थियो।त्यसपछि मंगल दीप प्रज्वलन गरी शहीद बेदीप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो। यसैगरी बाघाजातिन पार्कमा पाँच शहीदको नाममा पाँच बिरुवा रोपियो। कार्यक्रममा महानगरपालिकाका मेयर गौतम देव, उपमेयर रञ्जन सरकारलगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा सिलगढी तथ्य र संस्कृति विभागका अधिकारीहरू पनि सहभागी थिए।