सभापति देउवाले भने ‘म पनि हिन्दू राष्ट्र पक्षधर हूँ’

Watermark - 2

काठमाडौं: नेपाली कांग्रेका सभापति शेरबहादुर देउवाले आफू पनि हिन्दू राष्ट्र नेपालको पक्षमा रहेको बताएका छन्। तर अहिले उपयुक्त समय नभइसकेकाले आफू खुलेर समर्थन गर्न असमर्थ भएको पनि सभापति देउवाले स्पष्ट गरेका छन्। नेपाली कांग्रेस वैदिक सनातन हिन्दू राष्ट्र पुनस्थापना राष्ट्रिय अभियानका प्रतिनिधिहरुसँग आफ्नै निवासमा छलफल गर्दै सभापति देउवाले अभियान सम्बध्द सूत्रले नेपालन्यूज ब्यांकसँग बतायो। सभापति देउवाको भनाइ उदृत गर्दै सूत्रले भन्यो, ‘म पनि हिन्दू राष्ट्रको पक्षधर नै हूँ, तर अहिले नै खुलेर समर्थन गर्दा द्वन्द हुनसक्छ, फुकेर हिँड्नुपर्ने समय छ। त्यसैले उपयुक्त समय कुर्नुपर्छl’ सभापति देउवासँग अभियानका संयोजकशंकर भण्डारी, उपसंयोजकहरु लोकेश ढकाल र देवेन्द्र कँडेल, कोषाध्यक्ष भानुभक्त ढकाल, सदस्यहरू मुक्तादेबी यादव, भीम पराजुली र गेहेन्द्र गिरी सहभागी थिए। अभियानले अहिलेसम्म नौ सय पचास महासमिति सदस्यहरूको समर्थन जुटाइसकेको जनाएको छ। १९ सय पचास दर्ता भएका महासमिति सदस्यहरूको बहुमत समर्थन जुट्ने अभियानको भनाई छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *