पीएसजी छोड़ेर रियल म्याड्रिडमा सामेल हुन तयार कीलियन एम्बाप्पे

IMG-20240221-WA0144.jpg

पेरिस: पेरिस सेण्ट जर्मेन (पीएसजी)-का स्टार खेलाड़ी कीलियन एम्बाप्पेले आफ्नो क्लबलाई अधिकारिक रूपमा यस ग्रीष्मकालमा आफ्नो अनुबन्ध समाप्त भएपछि टोलीको साथ छोड़्ने जानकारी दिएका छन्। फ्रान्सीसी फूटबलर एम्बाप्पेले अब विश्वको सबैभन्दा धनी क्लब रियल म्याड्रिडको जर्सी लगाएर खेल्ने फसेला गरेका छन्, जुन वैश्विक स्तरमा फूटबलप्रेमीहरूलाई आकर्षित गर्ने लामो समयदेखि जारी ट्रान्सफर गाथाको महत्त्वपूर्ण क्षण हो। एम्बाप्पेलाई यसअघि पनि रियल म्याड्रिडमा सामेल हुने धेरै मौका प्राप्त भएको थियो। साल २०१७-मा पीएसजी-सँग अनुबन्ध गरिरहेको समय पनि स्पेनिश क्लबले उनलाई टीममा सामेल हुने प्रस्ताव दिएको थियो। गत वर्ष पनि उनले मनमा दोहोरो सोच लिएर पीएसजी-सँग अनुबन्ध नवीनीकरण गरेका थिए तर यसपाली २५ वर्षीय स्ट्राईकरले म्याड्रिड जाने अठोट गरेका छन्। रियल म्याड्रिड पनि २५ वर्षीय स्ट्राईकरलाई आफ्नो टीममा सामेल गर्न फूटबल इतिहासको सर्वाधिक भुक्तान गर्न तयार छ तर पीएसजी-मा उनको कमाईको तुलनामा एम्बाप्पेको रियल म्याड्रिडमा वेतन चाहिँ कम्ती हुनेछ। पीएसजी-मा उनको वेतन १७१ मिलियन पाउण्ड प्रति वर्ष रहेको छ।
पीएसजी छोड़्ने अनि रियल म्याड्रिडमा सामेल हुने एम्बाप्पेको फसेला एउटा सामान्य ट्रान्सफरभन्दा चाहिँ धेरै ठूलो रहेको छ। पेरिसमा जन्मिएका एम्बाप्पेले पीएसजी-सँग सातवटा सफल सीजन बिताए। क्लबसँग उनको सम्बन्ध सदा सहज चाहिँ रहेन। पूर्व स्पोर्टिंग डायरेक्टर लियोनार्डो र क्लबका अध्यक्ष नासर अल-खेलाफीसँग एम्बाप्पेको सम्बन्ध सदा तिक्तताले भरिएको रह्यो। यसअघि स्टार फूटबलर लियोनल मेस्सीले पनि पीएसजी छोड़ेर अमेरिकी क्लब इण्टर मियामीमा सामेल हुने फसेला गरेका थिए। चुनौतीहरू धेरै रहे पनि एम्बाप्पेको हृदयमा पेरिसको निम्ति अलग स्थान रहेको कारण यो उनको होमटाउन हो अनि उनको परिवार यसै शहरमा बस्छन्। पीएसजी छोड़ेपछि उनी आफ्ना साथीहरू र परिवारबाट पनि टाढ़िनेछन्। यति सब भएर पनि च्याम्पियन्स लीगको खिताब र बेलोन डीओर सहित अन्य धेरै पुरस्कारहरू जित्ने चाहनाले एम्बाप्पेलाई रियल म्याड्रिड तर्फ आकर्षित गरेको छ। म्यानेजर कार्लो एन्सेलोट्टीको मार्गदर्शनमा विनिसियस जूनियर र जूज बेलिंघम जस्ता प्रतिभाशाली खेलाड़ीहरूसँग खेल्नु एम्बाप्पेको रियल म्याड्रिडमा सामेल हुने अन्य एउटा प्रमुख कारण हो। एम्बाप्पेले क्लब छोड़्ने फसेलाको साथ पीएसजी-ले पनि योजनाहरू बनाउन शुरु गरेको छ। क्लबका स्पोर्टिंग डायरेक्टर लुइस केम्पोस टीमका स्टार खेलाड़ीको फसेलासँग अवगत थिए अनि एम्बाप्पे पछिको युगको निम्ति उनले आफ्नो रणनीतिहरूमाथि काम शुरु गरिसकेका छन्। पीएसजी अहिले एम्बाप्पेसँग अनि बिनाको परिस्थितिहरूमाथि काम गरिरहेको छ अनि सम्भावित रिप्लेसमेण्ट खोज्ने काम शुरु भएको छ। एम्बाप्पे गएपछि हुने बचतलाई ध्यानमा राखएर आउँदो ग्रीष्मकालमा क्लबको ट्रान्सफर बजट ३०० मिलियन पाउण्डसम्म पुग्न सक्छ। क्लबले एम्बाप्पेको स्थान लिन भिक्टर ओसिमहेन, राफेल लीओ, ब्रूनो गुइमारेस, बर्नार्डो सिल्वा र लेनी योरो जस्ता उल्लेखनीय नामहरूमाथि विचार गरिरहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *