गज़ल

Gazal-1-1

अब फेरि कानचिरुवा जोगीहरू झोला बोकी आउनेछन्

निकम्मा भए पनि मुखमा घिउको गोला बोकी आउनेछन्

अपराधी,बलात्कारी,भ्रष्टाचारी जस्तोसुकै किन नहोउन्

मुखले राम राम भन्दै   साधुको चोला बोकी आउनेछन्

नयाँ होस् या पुरानो कान त चिरेकै हुन्छ ती जोगीहरूको

दुनम्बरीको कमाईले भटौरा र छोला बोकी आउनेछन्

गर्ने केही होइन गरीब र अन्यायमा दबिएकाहरूको निम्ति

मलाई जिताइदेऊ केही न केही त होला बोकी आउनेछन्

पानी,शिक्षा,स्वास्थ्य र रोजगार केही दिन सक्ने होइन नै

तिर्खा लागे आश्वासन दिन कोकाकोला बोकी आउनेछन्

पाँच किलो चामलमा अरबौं रूपियाँ भोट माग्नेछन् तिनले

मासु,रक्सी,पैसा बाँड्दै घोंचिरहने सोला बोकी आउनेछन्ll

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement