खरसाङ: खरसाङमा वेष्ट बेंगल नेवार डेवलपमेण्ट कल्चरल बोर्ड र नेवार बुद्धिष्ट कल्याण संगठनको संयुक्त आयोजनमा नेवारी संस्कृति र उत्पादहरूलाई प्रोमोट गर्ने लक्ष्यको साथ आयोजित पहिलो भिमसेन च्यालेञ्ज ट्रफी फूटबल टुर्नामेण्टमा मंगलवार चौथो तथा अन्तिम क्वार्टर फाइनल म्याच खेलियो। नयाँ बजार स्थित डब्ल्यूबीएनभीएफ मैदानमा भएको म्याचमा सालबारी ब्रेव ब्ल्यू-ले बारबुंग युनाइटेड ब्रदर्सलाई ६-२-ले पराजित गऱ्यो। विजेता टीमका अमन गुरुङलाई प्लेयर अव् द म्याच चयन गरियो, जसलाई मुख्य अतिथि सुरेन कटवाल (खरसाङ नगरपालिका)-को बाहुलीबाट पुरस्कार प्रदान गरियो। संशोधित कार्यक्रम अनुसार यस सेभेन ए साइड नक्आउट फूटबल टुर्नामेण्टको दुईवटा सेमिफाइनल २२ र २३ फरवरीमा हुनेछ। पहिलो सेमिफाइनलमा नाम्सु मिरिक र हिल्स फूटबल एकाडमीबीच भिड़न्त हुनेछ। यसरी दोस्रो सेमिफाइनल सालबारी ब्रेव ब्ल्यू र अलिबक्स सेवेनबीच खेलिनेछ।

यसरी फाइनल २५ फरवरीमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।










