मेलबर्न: अष्ट्रेलियाका पूर्व कप्तान इयान च्यापलले खराब फर्ममा रहने ईंग्ल्याण्डका अनुभवी ब्याटर जो रुटलाई बेजबल (टेस्टमा आक्रामक ब्याटिंग) रणनीतिलाई भुलेर आफ्नो स्वाभाविक खेल खेल्ने सल्लाह दिएका छन्। सीनियर ब्याटर रुटले भारत विरुद्ध पहिलो तीनवटा टेस्ट म्याचमा एउटा पनि उल्लेखनीय ईनिंग्स खेल्न सकेका छैनन्। गत ६ वटा ईनिंग्समा उनको सर्वोच्च स्कोर २९ रन रहेको छ। यस अवधि उनी अधिकांश मौकामै आक्रामक शट खेल्ने प्रयासमा आउट भए। ब्रेण्डन म्याक्कुलम प्रशिक्षक अनि बेन स्टोक्स कप्तान बनेपछि ईंग्ल्याण्डले बेजबल रणनीति अनुसार आक्रामक शैलीमा टेस्ट म्याच खेलिरहेको छ तर वर्तमान भारत यात्रामा विशेषगरी रुटले यस शैलीमा सफलता हासिल गर्न सकेका छैनन्।
बेजबल शैलीलाई खराब रणनीति बताउँदै च्यापलले भने, आफ्नो स्वाभाविक खेलको साथ रुटको रेकर्ड असाधारण रहेको छ । उनले आफ्नो नैसर्गिक खेलको साथ पनि तेजीको साथ रन बनाउन सक्छन्। अहिले उनले आफ्नो खेलमा यति धेर फेरबदल गर्ने कुनै आवश्यकता छैन। पहिलादेखि नै तय गरेर शट् खेल्ने कुरालाई म कहिले समर्थन गर्दिनँ। उल्लेखनीय छ, टेस्ट क्रिकेटमा ११ हजारभन्दा अधिक रन बनाउने रुट तेस्रो टेस्ट म्याचको दोस्रो ईनिंग्समा जसप्रीत बुमराहको बलिंगमा रिभर्स स्वीप खेल्ने प्रयासमा आउट भएका थिए। त्यसपछि रुटको शट्र खेल्ने तरिकाको सर्वत्र आलोचना भएको थियो। रुट आउट भएपछि ईंग्ल्याण्डको ब्याटिंग क्रमले असहाय आत्मसमर्पण गरेको थियो।