अपेक्षा एफसी र ३ ब्लक एफसी विजयी

३० जुलाईः टिस्टा खेलकुद समिति (Teesta Khelkud Samiti)-को तत्त्वावधानमा आयोजित ७६औं इण्डिपेण्डेन्स डे ओपन फूटबल टुर्नामेण्ट २०२२-मा शुक्रवार दुईवटा म्याच खेलियो। स्थानीय टिस्टा खेल मैदान (टिस्टा बजार, कालेबुङ)-मा खेलिएको पहिलो म्याचमा अपेक्षा एफसी (सेभोक)-ले टिस्टा भेल्लीलाई पेनल्टी शूटआउटमा ७-६-ले पराजित गऱ्यो। नियमित समयमा स्कोर २-२-को बराबरीमा रहेको थियो। यसरी नै दोस्रो म्याचमा ३ ब्लक एफसी-ले बीएफसी मल्लीलाई ४-१-ले पराजित गऱ्यो। गत २५ जुलाईदेखि शुरु भएको यस सेभेन ए साइड फूटबल टुर्नामेण्टमा विजेता हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै उपविजेता हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक समितिको पक्षमा अजय कार्कीले जनाएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *