गान्तोक: लायन्स क्लब इन्टरनेश्नलको जिल्ला गभर्नर सुरेश सिंघलले सिक्किमका सबै पाँचवटा क्लबहरूको सदस्यहरूबीच एकता र सहकार्यलाई बढावा दिनको लागि भ्रमण गरे। बैठकबाट शुरु भएको यो भ्रमणले सदस्यहरूलाई आफ्नो अटल समर्पणमा प्रतिबद्धता देखाउने काम गरेको थियो। क्लबहरूबीचको अन्तरक्रिया र तालमेललाई अझ बड़ाउँदै, दिनको समयमा एक जोनमीट आयोजना गरियो। बैठकमा आरसी आलोक रोय, जोन अध्यक्ष पुरुषोत्तम अग्रवाल, उपाध्यक्ष पंकज मस्कारा, जिल्ला अध्यक्ष रघुवीर अग्रवाल, सञ्जय अग्रवाल र सत्यनारायण बन्सललगायत पाँचै क्लबका रम्फू, रानिपुल, गान्तोक ग्रीन, र गान्तोक हिल्सले क्लबका प्रतिनिधिहरूले व्यापक सेवा गतिविधि रिपोर्टहरू प्रस्तुत गरे। यी प्रतिवेदनहरूले क्लबहरूको सामूहिक प्रयासलाई प्रकास पारेको थियो। सुरेश सिंघलले आफ्नो सम्बोधनमा जिल्ला कार्यक्रमहरूको महत्त्वलाई जोड दिँदै २४ र २५ फरवरी २०२४ मा दुई दिनको लागि सिलगढीमा हुने जिल्ला सम्मेलनमा सक्रिय रूपमा सहभागी हुने सबै सदस्यहरूलाई निमन्त्रणा दिए। सम्मेलनमा सिलगढी, दार्जीलिङ र सिक्किमका २००० भन्दा बढी प्रतिनिधिहरूको उपस्थितिको साक्षी हुने अपेक्षा गरिएको छ। जसले लायन्सहरू बीचको सद्भाव र सहयोगलाई अझ बढावा दिनेछ। सिंघलको सिक्किम भ्रमणले क्लबका सदस्यहरुबीचको सम्बन्धलाई बलियो बनाउने र समुदायको सेवा गर्न र लायन्सबीचको फेलोशिप बढाउन क्लबको अटल प्रतिबद्धतालाई दोहोऱ्याउने उल्लेख गरिएको छ।










