जिल्लापालद्वारा जनता भरोसा सम्मेलन तयारीबारे निरीक्षण

IMG-20240220-WA0190.jpg

गेजिङ: आगामी दिनमा सम्पन्न हुने जनता भरोसा सम्मेलन तयारीलाई लिएर आज गेजिङ जिल्लाका जिल्लापाल एम. भरानी कुमारले पेलिङ ग्राउण्डको निरीक्षण गरे। आगामी २६ फरवरीदेखि गेजिङ जिल्लास्थित पेलिङको खेल मैदानमा आयोजना हुने जनता भरोसा सम्मेलन तयारीलाई लिएर आज जिल्लापाल एम भरानी कुमारले निरीक्षण गरे। निरीक्षणको क्रममा जिल्लापालसँग अतिरिक्त जिल्लापाल (विकास) सुरत कुमार गुरूङ, अतिरिक्त पुलिस अधिक्षक विजय सुब्बा लगायत सम्वन्धित निकायका अधिकारीहरू पनि सामेल रहेका थिए। निरीक्षणको क्रममा जिल्लापालले लाइन विभागका अधिकारीहरूलाई जनता भरोसा सम्मेलन तयारीलाई लिएर कुनै पनि प्रकारको गल्ती नगर्ने निर्देश दिए। यस अवसरमा जिल्लापालको नेतृत्वमा गएको टोलीले पेलिङ खेल मैदानमा तयार हुँदै गइरहेको मञ्च, पुरूष साथै महिलाहरूको सुविधाको निम्ति आवश्यक प्रबन्धनबारे पनि जानकारी लिए। उक्त सम्मेलनलाई सफलतापूर्वक सम्पन्न गराउनको निम्ति सबैले आफ्नो तर्फबाट सहयोग साथै योगदान पुऱ्याउनु पर्ने उनले आग्रह गरे।

About Author

Advertisement