इण्डिपेण्डेन्स कपः मन्सारजोत मेचेबस्ती सेमिफाइनलमा

३० जुलाईः दुधे युथ क्लबको तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स कप २०२२ फूटबल टुर्नामेण्टमा शनिवार पहिलो क्वार्टर फाइनल म्याच खेलियो। स्थानीय दुधे खेल मैदानमा आज भएको म्याचमा मन्सारजोत मेचेबस्तीले एनएक्सबीएफसी नक्सलबालाई १-०-ले पराजित गऱ्यो। विजेता टीमबाट एकमात्र गोल सञ्जीव साइबोले ४९औं मिनटमा गरे। अब सोमवार खेलिने दोस्रो क्वार्टर फाइनल म्याचमा सामार्थ एससी सालबारी र हर्के एफसी मारापुरबीच भिड़न्त हुनेछ। दुईवटा सेमिफाइनल म्याच ६ र ७ अगस्तमा हुनेछ। यसरी नै फाइनल १५ अगस्तमा खेलिनेछ। यस सेभेन ए साइड टु्र्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ भनी आयोजक समितिको पक्षमा कोषाध्यक्ष विशाल शर्माले जनाएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *