सर्वोच्च अदालतको फैसलामा चण्डीगढ मेयर चुनावमा आम आदमी पार्टीको जित

Supreme-Court-1

नयाँ दिल्ली: सर्वोच्च अदालतले मंगलबार आम आदमी पार्टी (आप) का कुलदीप कुमारलाई गत महिना चण्डीगढको मेयर चुनावमा वैध विजेता घोषित गरेको छ। त्यसपछि निर्वाचन अधिकृत अनिल मसिहले ‘आप’का नेताको पक्षमा आठ मत जानीजानी बदर र अस्वीकृत गरेपछि केही सातादेखि चलेको विवाद अन्त्य भएको छ। मसिहले पनि अदालतको अवहेलनाको कारबाहीको सामना गर्नुपर्नेछ। उनलाई सर्वोच्च अदालतले ‘कारण बताउ’ नोटिस जारी गरेको छ। सुनुवाईको क्रममा प्रधानन्यायाधीश डीवाई चन्द्रचुड र न्यायाधीश जेबी पर्दिवाला र मनोज मिश्रको इजलासले पूर्व भाजपा अल्पसंख्यक सेल सदस्यविरुद्ध कडा कारबाही र बारम्बार मुद्दा चलाउने चेतावनी दिएको थियो। अदालतले छानबिन गर्दा निर्वाचन अधिकृतले अदालतमा झुट बोलेको पाइयो।

सर्वोच्च अदालतले आफ्नो आदेशमा भनेको छ, ‘हामीले भिडियो फुटेज हेरेका छौँ, जसमा निर्वाचन अधिकारीले कुलदीप कुमारको पक्षमा रहेका आठ वटा मतपत्रमा चिन्ह लगाएको देखाएको छl’ अदालतले भन्यो, ’१९ फरवरीको सुनवाईमा अधिकारीले स्वीकार गरे कि आठ मतपत्रहरू जुन उनको हिसाबले खराब थियो, त्यसमाथि उनले हस्ताक्षर बाहेक छुट्टै चिन्ह पनि बनाएका थिएl’ सर्वोच्च अदालतले भन्यो, ‘रिटर्निङ अफिसरले आफ्नो अधिकारभन्दा बाहिरको काम गरे। हिजो प्रश्न सोध्नुअघि हामीले अनिल मसिहलाई गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका थियौंl’ प्रधानन्यायाधीश डीवाई चन्द्रचूडले आफ्नो आदेशमा भने, ‘सबै आठ मत याचिकाकर्ता उम्मेदवार (कुलदीप कुमार)लाई दिइएको थियो। मत अवैध थिएन, तर अधिकारीको व्यवहार कानूनविरुद्ध थियो। त्यसैले कानून बमोजिम नभएको मेयर निर्वाचनको पुरानो परिणाम खारेज गर्‍यौँl’ मुख्य न्यायाधीशले भने, ‘मेयरले आफ्नो राजीनामा बुझाएका छन्, र यसलाई रेकर्डमा पनि राखिरहेका छन्l’ उनले भने, ‘निवेदकले यसअघि पुनः मतदानको माग गरेका थिए, तर सम्पूर्ण निर्वाचन प्रक्रिया नै रद्द गर्नु गलत हो भन्ने हाम्रो विश्वास  । रद्द भएका आठ मतलाई सही मानिनेछ। यसअघि सही भएका कुल १२ मतलाई कुल २० मतमा थपिएको छl’ यसपछि सर्वोच्च अदालतले आम आदमी पार्टीका उम्मेदवारलाई चण्डीगढको मेयर घोषित गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement