एसकेएम पार्टीको क्षेत्रस्तरीय सांगठनिक सभा सोरेङमा सम्पन्न

IMG-20240220-WA0192.jpg

सिक्किम असुरक्षित व्यक्तिको हातबाट सुरक्षित व्यक्तिको हातमा छः सांसद सुब्बा

साेरेङ: गत ८ जनवरीदेखि धारावाहिक रूपमा सम्पन्न भइरहेको सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको क्षेत्रस्तरीय सांगठनिक जनसभा आज सोरेङ च्याखुङ समष्टिमा सांसद डा इन्द्रहाङ सुब्बाको मुख्य आतिथ्यमा सम्पन्न भयो। सभामा एसकेएम संगठनका उपाध्यक्ष प्रभारी पवित्र मानव, संगठनका मुख्य संयोजक एवं प्रवक्ता जेकब खालिङ, सोरेङ जिल्लाका उपाध्यक्ष डीबी गुरूङ, क्षेत्र विधायक आदित्य गोले लगायत अन्य नेतृत्वहरुको उपस्थिति रहेको थियो।

आजको भव्य कार्यक्रममाझ विपक्षीपार्टीलाई तिलाञ्जली दिँदै धेरैले मुख्य अतिथि सुब्बाको हातबाट सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको झण्डा ग्रहण गरेर पार्टीमा सामेल बने।

सभालाई सम्बोधन गर्दै मुख्य अतिथि सुब्बाले मूख्यमन्त्री प्रेमसिंह तामाङको नेतृत्वमा सरकारले गरेको विभिन्न कार्यहरूबारे सभामा जानकारी गराए। मुख्यमन्त्री तामाङले आफ्नो कोष आफ्नो परिवारको निम्ति प्रयोग नगरेर सिक्किमे गरीब जनताको हितमा प्रयोग गरिरहेको प्रकाश पारे। उनले थप भने ‘बर्ष २०१९ मा नै सिक्किम असुरक्षित हातबाट सुरक्षित हातमा पुगिसकेको छ अब कसैले सिक्किमलाई बचाउन आवश्यक छैन। जसले सिक्किमलाई बचाउँछ भन्दै हिँडिरहेका छन् उनीहरू आफू अनि आफ्नो परिवार बचाउने प्रयासमा छन्। कतिपय आफूलाई बचाउन पनि अन्य विपक्षी पार्टीहरुमा गइरहेको छ। यो अकाट्य सत्य हो कि मुख्यमन्त्री प्रेमसिंह तामाङले सिक्किमलाई बचाएर अहिले सुनौलो सिक्किम निर्माण गर्ने पहलमा छ।’ लिम्बू तामाङको आशन आरक्षणबारे बोल्दै उनले वर्ष यो काम सिक्किम क्रान्तिकारी मोर्चा पार्टीलेनै फत्ते गर्ने बताए। सिक्किमलाई सुनौलो अनि समृद्ध बनाउनको निम्ति आगामी विधानसभा चुनावमा फेरि टेबल ल्याम्पको चिन्हमा भोट दिनुपर्ने आवश्यक रहेको उनले सबैलाई आग्रह गरे।

सभालाई सम्बोधन गर्दै संगठनका उपाध्यक्ष प्रभारी पवित्र मानवले सरकारले गरिरहेको कल्यकरी योजनाहरूबारे प्रकाश पार्दै पार्टी कार्यकर्ताहरुलाई मार्गनिर्देशनहरु दिए। सभालाई सम्बोधन गर्दै क्षेत्र विधायक आदित्य गोलेले सोरेङलाई जिल्ला निर्माण गरेर क्षेत्रवासीलाई मुख्यमन्त्री तामाङले सबैभन्द ठूलो उपहार दिएको बताए। यो बाहेक पनि यस निर्वाचन क्षेत्रलाई माया गरेर थुप्रै उपहारहरु दिएको उनले बताए। यो निर्वाचन क्षेत्र मुख्यमन्त्री प्रेमसिंह तामाङको आफ्नो क्षेत्रभएको हुँदा आगामी चुनावमा यहाँ उनले चुनावी प्रचार गर्न आवश्यक नरहेको तर जनताले सिक्किम क्रान्तिकारी मोर्चा पार्टीलाई स्वतः जिताएर उदाहरण पेश गर्ने विश्वास व्यक्त गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement