१० करोड ५३ लाख रुपियाँको घाटाको बजट

xhgj.png

सिलगढी : सिलगढी नगरनिगममा मेयर गौतम देवले आज बजट पेश गरे। नयाँ बजटमा शहरवासीको लागि कुनै नयाँ ट्याक्सको बोझ थोपेको छैन। तथापि, यसपल्ट १० करोड ५३ लाख रुपियाँको घाटाको बजट पेश भएको छ। यस वर्ष मेयरले ६१८ करोड रुपियाँको बजट पेश गरेका छन्। अर्कोतिर, वाम तथा भाजपा पार्षदहरूले तृणमूल बोर्डले पेश गरेको उक्त बजटको समर्थन गरेनन्।                        स्वास्थ्य, खेल, पर्यावरण, फोहोर फाल्ने सबै विभागको बजटमा मेयर जोर दिएका छन्। मेयर देवले भने, लोक निर्माण विभागमा हाम्रो काम बढेको छ भने स्वास्थ्य विभागलाई विशेष महत्व दिएको छ। पलिक्लिनिक स्थापित गरिने, प्रसुति वार्डमा एउटा युएसजी मसिन जडान गरिनेछ। खेलको क्षेत्रमा पनि आवन्टन बढेको छ। कञ्चनजङ्घा स्टेडियम, इन्डोर स्टेडियमको नविनीकरण गरिनेछ। एउटा फुटबल अनि टेबल टेनिस अकादमी बनाइनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement