सिलगढ़ी: सिलगढ़ीमा एकजना कलेज छात्रको असामान्य मृत्युको घटनाले सन्त्राष फैलिएको छ। घटना गए सोमवार अबेर रातीको हो। मृत छात्रको नाम देवज्योति सरकार हो जो कलेजपाड़ाको एजीसी बोस रोड क्षेत्रका बासिन्दा थिए। कम्प्यूटर साइन्समा अध्ययनरत देवज्योति सिलगढ़ी इन्स्टीट्यूट अफ टेक्नोलजीमा प्रथम वर्षका छात्र थिए।
पारिवारिक सूत्र अनुसार देवज्योति अफ्ना आमा र पितासित बस्थे। हिजो सोमवार उसको परीक्षा थियो। परीक्षा समाप्त भएपछि उ घर फर्किएको थियो। घर फर्किँदा पनि उ ठिकै थियो। अबेर साँझ उसका माता-पिता घरदेखि केही टाड़ामा अवस्थित पसलमा गएका थिए। यसबेला देवज्योति घरमा एक्लै थियो। राती लगभग १० बजे उसकी आमा घर फर्किइन् र ढोका खोल्नको लागि ढक्ढकाइन्। तर देवज्योतिले ढोका खोलेन। त्यसपछि झ्यालबाट हेर्दा देवज्योतिलाई गलफन्दामा झुण्डिरहेको आमाले देखिन्। आमाले रूँदै गुहार माग्दा छिमेकीहरू भेला भए। ढोका भत्काएर छात्रलाई सिलगढ़ी जिल्ला अस्पतालमा पुऱ्याइयो जहाँ चिकित्कहरूले तिनलाई मृत घोषित गरिदिए। यद्यपि छात्रको मृत्युको कारण अहिले पनि रहस्य नै भएको छ। सिलगढ़ी थानाको पुलिस जाँचमा जुटेको छ।









