अनुप्रवेशको आरोपमा बंगलादेशी नागरिक पक्राउ

IMG-20230528-WA0320-5-300x172-3

जलपाईगुडी: भारत-बांग्लादेश सीमामा तैनाथ उत्तर बंगाल फ्रण्टियरको सिलगढ़ी सेक्टर अन्तर्गत ९३औं बटालियन सीमा सुरक्षा बल (बीएसएफ) को बोर्डर आउट पोस्ट चाणक्यका सर्तक सीमा जवानहरूले अवैध रूपमा अनुप्रवेश गरेको आरोपमा हसन (१९) नामकाेएकजना बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ।

बीएसएफले मंगलवार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त आशयको जानकारी गरायो। विज्ञप्तिमा अझ उल्लेख गरिए अनुसार चाणक्यका सतर्क सीमा जवानहरूले बंगलादेशी युवकलाई त्यसबेला समाते जतिबेला उसले अवैध रूपमा भारतदेखि बंगलादेश तर्फ प्रवेश गर्ने प्रयास गरिरहेको थियो। बीएसएफले अग्रिम कारबाहीको निम्ति युवकलाई जलपाईगुडी कोतवालीमा सुम्पिदिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement