अमेरिकी एडल्ट फिल्म स्टार काग्नीले गरिन् आत्महत्या

Kagney

लसएन्जल्स: अमेरिकी एडल्ट फिल्म स्टार काग्नी लिन कार्टरले ३६ वर्षको उमेरमा आत्महत्या गरेकी छिन्। उनी केही समयदेखि मानसिक स्वास्थ्यको समस्यामा जुधिरहेकी थिइन्। पुलिसका अनुसार मेडिकल टीमले उनको शव पर्मा शहरको एक घरमा भेट्टाएको थियो। शवको अवस्था हेरेपछि पुलिसले काग्नीले आत्महत्या गरेको हुनसक्ने आँकलन गरेको छ। गोफण्डमी पेजनले काग्नीलाई उनको सुन्दरता, नृत्य र गीतका लागि सम्झेको छ। पेजमा उनका दुई साथीले लेखेका छन्, ‘काग्नी निकै दयालु र उदार थिइन् । उनले आफूसँग एक उज्यालो लिएर आएकी थिइन्।’ द फन्ड्रेसिङ पेजले ‘आफ्नो तमाम प्रभावशाली उपलब्धिहरु र प्रतिभाहरुका बाबजुद जसो जसो वर्षहरु बित्दै गए, काग्नी मानसिक स्वास्थ्य सम्बन्धी समस्यासँग जुध्दै गइन्’ भनी लेखेको छ। काग्नीले सन् २००० पछि देखि नै एडल्ट फिल्म उद्योगमा सक्रियता बढाएकी थिइन्। उनले करियरको शुरुवात एक पोल स्टुडियोबाट गरेकी थिइन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *