आइजल: असम राइफल्सले मिजोरम र मणिपुरबाट ठूलो संख्यामा हतियार र गोलाबारुद बरामद गरेको छ। आईजीएआर (पूर्व)का जनसम्पर्क अधिकारीले भने, ‘विशेष सूचनाको आधारमा असम राइफल्स र मिजोरम पुलिसले १५ फरवरीमा रुआट रुआती इन्टरप्राइज नजिक चल्तलोङ साइरङ रोडको सामान्य क्षेत्रमा खोजी अभियान चलायो। खोजीका क्रममा डेटोनेटर (नम्बर ८) को १६५ बक्स (प्रत्येक १००) र ९९३ सेन्टीमिटर सेफ्टी फ्युज बरामद भएको छ भने एक अभियुक्त लालरुनमावियालाई पक्राउ गरिएको छl’ यसैबीच, असम राइफल्सले मणिपुर पुलिससँगको संयुक्त अभियानमा कांगपोकपी जिल्लाको कौब्रु रिजको सामान्य क्षेत्रबाट ठूलो परिमाणमा हतियार पनि बरामद गरेको छ। जसमा म्यागजिनसहितको एसएलआर, ९ एमएमको पेस्तोल, ३६ हाते ग्रेनेड र ७ दशमलव ६२ एमएमका १० वटा लाइभ राउण्ड थिए।