आईपीएल २०२४ आउँदो २२ मार्चदेखि शुरु हुने घोषणा गरे अरुण धूमलले

IMG-20240220-WA0163.jpg

नयाँ दिल्ली: इण्डियन प्रीमियर लीग (आईपीएल) २०२४-को कार्यक्रमलाई लिएर चेयरम्यान अरुण धूमलले महत्त्वपूर्ण अपडेट दिएका छन्। आईपीएलको आउँदो सीजन २२ मार्चदेखि शुरु हुनेछ अनि लोकसभा चुनाउ रहे पनि पूरा संस्करणको आयोजन भारतमै हुनेछ। अप्रेल-मई महिना देशमा लोकसभा चुनाउ रहेको हुनाले पहिला यस टी२० लीगको आयोजन विदेशमा गरिने सम्भावना व्यक्त गरिएको थियो तर अब यस टुर्नामेण्टलाई भारतमै आयोजन गरिने स्पष्ट भएको छ। चुनाउले गर्दा नै आईपीएलको १७औं सीजनको सम्पूर्ण कार्यक्रम अहिलेसम्म जारी गरिएको छैन। धूमलले बताएअनुसार, शुरुवातमा टुर्नामेण्टका केवल पहिलो १५ दिनको कार्यक्रम घोषणा गरिनेछ। रहल म्याचहरूका कार्यक्रमको घोषणा चुनाउहरूका तारिखको घोषणापछि गरिनेछ। लोकसभा चुनाउको तारिखहरूका घोषणा आउँदो महिनाको शुरुवातमा गरिने सम्भावना रहेको छ।
धूमलले भने, हामी टुर्नामेण्टलाई २२ मार्चदेखि शुरु गर्ने योजना बनाइरहेका छौं। हामी अहिले सरकारी एजेन्सीहरूसँग मिलेर काम गरिरहेका छौं। हामी पहिला शुरुवाती कार्यक्रम जारी गर्नेछौं, जुन पहिलो १५ दिनको हुनेछ। पूरा टुर्नामेण्टको आयोजन भारतमै हुनेछ। उल्लेखनीय छ, यसअघि २००९-मा आम चुनाउहरूले गर्दा आईपीएलको पूरा सीजनको आयोजन दक्षिण अफ्रिकामा भएको थियो। त्यसपछि २०१४-मा पनि केही म्याचहरूका आयोजन यूएई-मा भएको थियो। यसरी २०१९-मा आम चुनाउहरूको अवधि यस लीगको आयोजन देशमै भएको थियो। जूनमा हुने आईसीसी टी२० वर्ल्ड कपलाई ध्यानमा राखेर आईपीएल फाइनलको आयोजन २६ मईमा हुनसक्छ। साधारणत आईपीएलको उद्घाटन म्याचमा गत सीजनको च्याम्पियन र रनरअप टीमबीच भिड़न्त हुन्छ। यस्तो भए यस साल उद्घाटन म्याच चेन्नई सुपर किंग्स र गुजरात टाइटन्सबीच खेलिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement