कोलकाता: फरवरी १८ मा, कोलकाताको न्यू टाउनमा रहेको डीएलएफ ग्यालेरियाको दोस्रो तल्लामा एउटा नयाँ रेस्टुरेन्ट राजपुताना दरबार खोलिएको छ। त्यहाँ ४२ जना बस्ने व्यवस्था छ, जम्मा १२ वटा टेबल छन्। जसको उद्देश्य उचित मूल्यमा स्वादिष्ट खाना उपलब्ध गराउनु रहेको एक प्रेस विज्ञप्तिमा बताइएको छ। पार्टीहरूको लागि विशेष व्यवस्था छ भने अब छिट्टै बार र डीजे पनि शुरु हुनेछन्l यसका साथै अन्य ठाउँमा पनि आउटलेटहरू खोलिनेछन्, अनलाइन डेलिभरीको व्यवस्था पनि रहेको छ। फर्मका दुई निर्देशक साजिद अख्तर र समीर सिंह, निर्देशक कुणाल शाहले राजपुताना दरबारको उद्घाटन गरे।