कोलकाता: कोलकाता स्थित नेताजी इन्डोर स्टेडियममा आयोजित तीन दिवासीय राज्य स्तरको होटी खाद्य उत्सवमा सिन्कोना अनि औषधीय पौद्दाहरूको ११ नम्बर स्टलले प्रथम स्थान ओगट्न सफल बनेर च्याम्पियन बनेको छ। खाध्य प्रकरण उद्योग एवं बागवानी विभाग पश्चिम बङ्गाल सरकारद्वारा १७ देखि १९ जनवारी सम्म सम्पन्न खाद्य उत्सवमा सिन्कोनाका निर्देशक डा. सामुएल राई, सिन्कोनाका अधिकारीगण डा. सान्तानु लाइक, डा. मुशुदुल इश्लाम अनि कर्मचारी प्रवेश खवास, शुशिल तामाङ, शिव के आर रोय उपस्थित थिए। आयोजक समितिको पक्षबाट सिन्कोनाका निर्देशक डा. सामुएल राई साथै टीमलाई बधाई दिँदै सम्मान जनाएको छ। हर्टिकल्चर विभागका एडिसनल चीफ सेक्रेटरी सुब्रतो गुप्ताको बाहुलीबाट सिन्कोनाका निर्देशक डा. राईलाई यस सम्मान हस्तान्तरण गरिएको थाहा लागेको छ।