५ जना श्रमिक तार खोलामा निर्माणाधीन पुल भत्किँदा घाइते

Screenshot_20240220_164121_Samsung-Internet.jpg

रम्बी: दक्षिण सिक्किमको थलथलेस्थित तार खोलामा एनएचपीसीद्वारा निर्माणाधिन अवस्थामा रहेको पुल आज भत्किएको जान्नमा आएको छ। पुल भत्किँदा ५ जना श्रमिक घाइते भएका छन्। घाइते श्रमिकहरूलाई तत्कालै उद्धार गरेर कालेबुङ जिल्ला अस्पतालमा पुऱ्याइएको छ भने हाल तिनीहरूको उपचार चलिरहेको बताइएको छ। प्राप्त जानकारी अनुसार गत टिस्टा नदीमा आएको बाढले ब्रीज भत्किएपछि एनएचपीसी-को पहलमा तारखोलामा ब्रिजको निर्माण कार्य भइरहेको थियो भने काम सकेपछि आज उक्त पुलको उद्घाटन गरिने कार्यक्रम रहेको थियो तर अभाग्यवश आज नै उक्त पुल भत्किएको खबर छ, जसमा ५ जना श्रमिक घाइते भएका छन्। घाइतेहरूमध्ये एकजनाको टाउकोमा गम्भीर चोट लागेकोले गर्दा तिनको अवस्था सिकिस्त रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement