आईटीबीपीको १४औं स्थापना दिवस पालन

गान्तोक: गान्तोकस्थित भारतीय तिब्बत सीमा पुलिस (आईटीबीपी) बलको क्षेत्रीय मुख्यालयले आज आफ्नो १४औं स्थापना दिवस मनायो। स्थापना दिवस कार्यक्रममा उपमहानिरीक्षक आरपीएस रघुवंशी, कार्यालयका सबै पदाधिकारी, हिमवीर महिलाहरू र नानीहरू हर्षोल्लासका साथ स्थापना दिवसमा सहभागी बने। उपमहानिरीक्षक आरपीएस रघुवंशीले आफ्नो सम्बोधनमा यस क्षेत्रीय मुख्यालय गान्तोकका प्रथम उपमहानिरीक्षक हरमोल सिंहदेखि लिएर वर्तमान समयसम्म यस क्षेत्रीय मुख्यालयले सीमा सुरक्षा र आपदा प्रबन्धनका साथै सिक्किमका धेरै संवेदनशील स्थलहरू र आन्तरिक सुरक्षाको जिम्मेवारी राम्ररी निर्वहन गरिरहेको छ।
स्थापना दिवस समारोहमा भातिसीपु बल प्रमुख महानिदेशक संजय अरोड़ाले क्षेत्रीय मुख्यालयको १४औं स्थापना दिवस तथा देशहितमा गरिएका कार्यहरू जस्तै सीमा सुरक्षा, आपदा प्रबन्धन तथा अन्य कर्तव्यहरूको सफलतापूर्वक निर्वहनका लागि सबै पदाधिकारी र उनीहरूका परिवारहरूलाई हार्दिक बधाई दिए। क्षेत्रीय मुख्यालय गान्तोकले आफ्नो अधीनस्थ वाहिनीहरूसॅंग यसरी नै जोश अनि समर्पण भावका साथ देशको सेवामा अनवरत लागिरहनेछ भन्ने उनले आशा व्यक्त गरे।
स्थापना दिवसको अवसरमा क्षेत्रीय मुख्यालय, गान्तोकमा भव्य परेडको आयोजन गरियो। साथै पदाधिकारीहरू, हिमवीर महिलाहरू र उनीहरूका नानीहरूको निम्ति खेलकुद एवं सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिएको जानकारी बलका सहायक सेनानी एवं सम्पर्क अधिकारी बाबूलाल मीणाले प्रेस विज्ञप्तिमा दिएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *